सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज कर्णाली प्रदेश स्तरीय महिला सम्मेलन हुने भएको छ ।
प्रदेशका ७९ वटै स्थानीय तहमा निर्वाचित महिला उपप्रमुख लगायत प्रदेशसभा सदस्य, विभिन्न सामाजिक संघसंस्थामा रहेका महिला नेतृत्वको सहभागिता रहने छ ।
सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने कार्यक्रम रहेको छ । भण्डारी वीरेन्द्रनगर आइसक्नु भएको छ।
सम्मेलनको अगुवाई गर्नुभएका वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले अन्तर्राष्टिय श्रमिक महिला दिवसको अवसर पारेर सम्मेलनको गरिएको बताउनु भयो।
उहाँले महिला तथा बालबालिकाहरुको साझा हितका साथै स्थानीय तहहरुमा बजेट, नीति र निर्माण गर्न साझा अवधारणा तय गर्न महिला सम्मेलनले सघाउने दावी गर्नुभयो।
सिटी हलमा गरिने सम्मेलनमा झण्डै एक हजार महिला नेतृत्व सहभागी हुने उहाँको भनाइ छ । सम्मेलनमा महिला नेतृत्वहरुले गरेका कामहरुको अनुभव आदानप्रदान पनि गरिने जानकारी उहाँले दिनुभयो । सम्मेलनमा लाग्ने खर्च स्थानीय तहहरुले नै व्यहोर्ने छन्।
पूर्व राष्ट्रपति भण्डारीले २२ गते विहान नगर अस्पतालको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
सुर्खेत वीरेन्द्रनगरमा आज महिला सम्मेलन हुँदै
सुर्खेत वीरेन्द्रनगरमा आज महिला सम्मेलन हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
