सुर्खेत । कर्णाली प्रदेशमा कर्णाली प्रदेशमा करिब ३३ प्रतिशत महिलाले रोजगारी मार्फत पारिवारिक योगदानमा सहयोग पुर्याएको पाइएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको प्रदेश स्तरिय प्रथम महिला सम्मेलनमा आफ्नो सार्वजनिक अवधारणा पत्रमा यस्तो तथ्याँङ सार्वजकि गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमया ढकालले प्रस्तुत गरेको अवधारणा पत्रमा २५ दशमलव ७ प्रतिशत महिला आंशिक काम गर्ने गरेको उल्लेख छ ।
यस्तै ३२ दशमलव ४ प्रतिशत महिला विभिन्न पेशा व्यवासाय, ४१ प्रतिशत औपचारिक, ५८ प्रतिसत अनौपचारिक, ८२ प्रतिशत कृषि मार्फत आर्थिक उपार्जनमा सक्रिय भएको जनाइएको छ ।
यसैगरी ८ दशमलव ६ प्रतिशत महिला रोजगारदाताको रुपमा कार्य गरी आर्थिक उपार्जनमा सक्रिय भएपनि कर्णाली प्रदेशको महिलाको आर्थिक अबस्था समग्रमा नाजुक नै रहेको पाइन्छ ।
कर्णालीका महिलाको अवस्था उकास्न सबै सरकारले महिला स्वरोजगार कार्यक्रम संचालन गर्नुपर्ने औल्याएको छ । कर्णाली प्रदेशको महिला साक्षरता ६९ दशमलव चार प्रतिशत छ भने १० जिल्ला मध्ये सुर्खेतमा साक्षरता दर सबैभन्दा बढी ७४र कालीकोटमा सबैभन्दा कम ६३ दशमल छ चार प्रतिशत रहेको छ ।
कर्णालीमा १२ दशमलव ५ परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा रहेको पार्इएको छ भने महिलाको नाममा घर र जग्गा दुबै हुने परिवार ६ दशमलव २ प्रतिशत रहेको छ ।
यसैबिच, सम्मेलनलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार र सशक्तीकरणमा उल्लेख्य सुधार भएको बताउनुभएको छ ।
उहाले सामाजिक न्याय, महिला अधिकार र् लैङ्गि समानताका लागि भएका विभिन्न आन्दोलन र जागरणले गर्दा नेपालमा महिला अधिकारको क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा महिलाहरुको पहुँच बढ्दै गएको भन्दै उहाले नेपालको लैङ्गिक सुचकांकमा समेत सुधार हुँदा विश्व महिला आन्दोलनको लागि समेत नेपाल उदाहरणिय बनेको बताउनुभयो । नेपालमा महिला सशक्तीकरणका कारण शिक्षा स्वास्थ्य रोजगारीमा महिलाहरुको पहुँच बढेको छ । उहाले भन्नुभयो ।
समाजमा अहिले पनि विविन्न प्रथाहरु अहिले पनि कायम रहेको भन्दै ती प्रथाहरुबाट महिलाहरु नै विभेद र अत्याचारमा पर्ने गरेको भन्दै बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले महिलाहरुमाथी विगतमा भएका ज्यादती विरुद्ध विभिन्न आन्दोलन भएको भन्दै त्यही आन्दोलनको बलमा संविधानले महिलाहरुको अधिकार सुनिश्चित गरेको बताउनुभयो ।
एमाले संसदीय दलका नेता यामलाल कंडेलले पनि महिलाहरुमाथी हुने सबै विभेद अन्त्य हुनुपर्नेमा जोड दिँदै अनि मात्रै समृद्धी हासिल हुन सक्ने बताउनुभयो । कार्यक्रममा कर्णालीका अगुवा महिलाहरुले अहिले पनि महिलाहरुमाथी हुने हिंसा र ज्यादती कायम रहेकाले सबै पक्षले हातेमालो गरेर समातामुलक समाज बनाउनुपर्नेमा जोड दिएका छन्।
कर्णालीमा करिब ३३ प्रतिशत महिलाको रोजगारी मार्फत पारिवारिक योगदान
कर्णालीमा करिब ३३ प्रतिशत महिलाको रोजगारी मार्फत पारिवारिक योगदान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
