काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
उपसभापति धनराज गुरुङका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिने बताउनुभयो ।
एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएछपि कांग्रेस सरकारबाट बाहिरिएको हो । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो ।
एमाले–माओवादीका दोस्रो तहका नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने र २०८४ को निर्वाचनमा चुनावी गठबन्धन वा पार्टी एकतासम्म गर्ने विषयमा समझदारी भएपछि नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएको हो ।
यही सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना सबै मन्त्रीलाई बिदा गरेर सोमबार एमाले, माओवादी र रास्वपाका एक÷एक जना मन्त्री नियुक्त गर्नुभएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
