सुर्खेत । विपद्मा अपाङ्गता भएका व्यक्तीहरु उच्च जोखिममा रहने भन्दै त्यहीअनुसारको विपद् पूर्व तयारी गर्नुपर्नेमा जोड दिइएको छ ।
सिबिएम नेपालको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले बुधबार (आज) सुुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
उनिहरुले विपद् व्यवस्थापन गर्दा समेत अपाङ्गता समावेशी हुनेगरी गर्नुपर्ने भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताएका छन् ।
नेपाल रेडक्रस सुर्खेतका गोविन्द आचार्यले विपद्को बेलामा अपाङ्गता भएका व्यक्तीहरु धेरै जोखिम र समस्या पर्ने गरेको भन्दै त्यही अनुसारको योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाले विपद् व्यवस्थापनमा समेत समावेशी ढङ्गले गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफल कार्यक्रममा बोल्दै मनोसामाजिककर्ता लक्ष्मण नाथले अपाङ्गता सम्बन्धिका कार्यक्रम संचालनको क्रममा केही ग्यावहरु देखिएको भन्दै दिने र लिनेको रुपमा हेर्न नहुने सुझाव दिनुभयो ।
विपद्को पूर्व तयारी गरेर योजना बनाउनुपर्नेमा जोड दिँदै उहाले त्यसपछि मात्रै अपाङ्गता भएका व्यक्तीहरुलाई सहज हुने उल्लेख उहाले गर्नुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले हालै जाजरकोटमा गएको भुकम्पबाट ध्वस्त संरचनाहरु पुनःनिर्माण भइरहेकाले अब बन्ने संरचना सबैको पहुँचयुक्त हुनुपर्ने बताउनुभयो ।
उहाले स्थानीय तहहरुले विपद् सम्बन्धि नीति बनाएपनि ती नीतिहरु अपाङ्गतामैत्री नहुँदा कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो ।
भुकम्प प्रभावितहरुलाई राहत दिने नाममा कम्बल र चामल मात्र बाडिएको भन्दै राहातमा समेत अपाङ्गता भएका व्यक्तीहरुको पहुँच पुग्न नसकेको उहाको भनाई छ । “भुकम्प प्रभावित क्षेत्रमा राहतको नाममा कम्बल र चामल बाडियो, अपाङ्गता भएका प्रभावित व्यक्तीहरुलाई ह्वीलचिय चाहिएको थियो, तर त्यतातर्फ ध्यान दिइएन उहाले भन्नुभयो,”
भुकम्पमा कति अपाङ्गता भएका व्यक्तीहरु प्रभावित भए त्यसको समेत सरकारसँग कुनै लेखाजोखा नभएको भन्दै आगामी दिनमा एथेष्ट तथ्याङ्कको आधारमा मात्रै राहत सामग्री दिन उहाले सुझाव दिनुभयो ।
अध्यक्ष शर्माले अपाङ्गताको सवाल अन्य साझेदार संस्थाहरुले पनि उठाएर त्यही अनुसारको योजना बनाइदिन आग्रह समेत गर्नुभयो । “अपाङ्गताको सवाल एउटा संस्थाले मात्रै वकालत गरेर हुँदैन, तपाईँ सबै साझेदार संस्थाहरुले समेत हरेक कार्यक्रममा उठाइदिनुभयो भने सहज हुने छ,”
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका जितलाल ढकालले जाजरकोट भुकम्पमा कति अपाङ्गता भएका व्यक्तीको मृत्यु भयो ? भन्ने समेत सरकारसँग तथ्याङ्क नभएको भन्दै एकद्वारबाट दिइएको राहतमा समेत अपाङ्गता भएका व्यक्तीहरुको पहुँच नपुगेको बताउनुभयो ।
उहाका अनुसार महासंघले गरेको अध्ययन अनुसार जाजरकोटका चार पालिका र रुकुम पश्चिमका २ पालिकामा गरि चार हजार ३ सय ३३ अपाङ्गता भएका व्यक्तीहरु भुकम्पबाट प्रभावित भएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय महासचिव सुगम भट्टराइले हरेक क्षेत्र अपाङ्गतामैत्री हुनुपर्ने भन्दै सरकारले समेत यही अनुसारको नीति लिन आवश्यक रहेको बताउनुभयो ।
अभिमुखि कार्यक्रम विकास साझेदार संस्थाहरुसँग गरिएको थियो ।
अपाङ्गता समावेशी विपद् व्यवस्थापन गर्नुपर्नेमा जोड
अपाङ्गता समावेशी विपद् व्यवस्थापन गर्नुपर्नेमा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
