जुम्ला । हिमपातका कारण फागुन १८ गतेदेखि जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिने भएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईँले उनीहरूको उद्धार गर्न हेलिकोप्टर जुम्ला आउने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हेलिकोप्टर जुम्ला सदरमुकाम आएपछि लोकेशनको जानकारी दिएर पाटन पठाउने बताउनुभयो । घरबाट लगेको खाना सकिएको र घर फर्कन पनि नसकेको भन्दै उनीहरुले उद्धारको आग्रह गरेका थिए ।
तातोपानी ७ बारागाउँका ५ महिला र तातोपाानी ८ मछालदेउगाउँका २ पुरूष एक महिला गरि ८ जना फसेका छन् ।
उनीहरुसँगै गएका तातोपानी ७ बारागाउँकै पदम रावत १८ गते हिउँ पर्न थालेपछि फर्केका थिए । ठाउँ पत्ता लगाउन रावतलाई नै लिएर हेलिकोप्टर जाने घिमिरेले बताउनुभयो ।
हिउँमा फसेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिँदै
हिउँमा फसेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
