सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुको एथेष्ट तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाहरुले बताएका छन् ।
सिविएम नेपालको सहयो र प्रदेश सरकारसँगको समन्वयमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा गरेको अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले अपाङ्गता भएका व्यक्तीहरुको एथेष्ट तथ्याङ्क नहुँदा विपद् व्यवस्थापन गर्न समस्या हुने गरेको बताएका हुन् ।
अभिमुखिकरण कार्यक्रममा आफ्नो भनाई राख्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले एथेष्ट डाटाबिना विपद् व्यवस्थापनको काम गर्न असहज भएको बताउनुभयो ।
कुन–कुन प्रकृतिका अपाङ्गता भएका व्यक्तीहरु छन् भनेर पालिकाहरुले तथ्याङ्क राख्नुपर्ने भन्दै उहाले अनि मात्रै विपद् व्यवस्थापन गर्दा सहज हुने बताउनुभयो । अपाङ्गता भएका व्यक्तीहरुको एथेष्ट डाटा छैन । उहाले भन्नुभयो, “काँहा कती अपाङ्गता भएका व्यक्तीहरु छन, भनेर तथ्याङ्क भयो भने हामीलाई विपद् व्यवस्थापनको काम गर्न सहज हुन्छ । तर अहिले त्यस्तो अवस्था छैन, सजिलो रुपमा पालिकाहरुले तथ्याङ्क राखिदिएको खण्डमा सहज हुन्छ ।”
उहाले पालिकाहरुलाई भवन निर्माणको लागि नक्सा पास गर्दा समेत अपाङ्गतामैत्री बनाएर दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले विपद् व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तीहरुको अवस्था के कस्तो छ ? लेखाजोखा राख्न आवश्यक रहेको बताउनुभयो ।
उहाले पूर्व तयारी गर्दा उनिहरुलाई तालिम दिनुपर्ने बताउँदै अनि मात्रै विपद् व्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।
भुकम्प प्रभावितहरुलाई राहत दिने नाममा कम्बल र चामल मात्र बाडिएको भन्दै राहातमा समेत अपाङ्गता भएका व्यक्तीहरुको पहुँच पुग्न नसकेको उहाको भनाई छ ।
भुकम्पमा कति अपाङ्गता भएका व्यक्तीहरु प्रभावित भए त्यसको समेत सरकारसँग कुनै लेखाजोखा नभएको भन्दै आगामी दिनमा एथेष्ट तथ्याङ्कको आधारमा मात्रै राहत सामग्री दिन उहाले सुझाव दिनुभयो ।
प्रदेश योजना आयोगका सदस्य जित बहादुर शाहले पनि अहिले कर्णाली प्रदेशले योजना निर्माण कार्य प्रत्येक जिल्लामा गरिरहेको भन्दै ति फोरमहरुमा अपाङ्गता भएका व्यक्तीहरुले आफ्ना सुझाव दिन आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले अपाङ्गता भएका व्यक्तीहरुको हरेक क्षेत्रमा पहुँच पुर्याउनेगरी नीति बनाइने र बनेका नीति कार्यान्वयनमा लिइने प्रतिवद्धता जनाउनुभयो ।
उहाले भुकम्पपछिको पुनः निर्माणबाट बन्ने संरचनाहरुलाई अपाङ्गतामैत्री बनाउन पहल गर्ने बताउँदै विपद व्यवस्थापनमा समेत अपाङ्गता समावेशी गरेर गरिने उल्लेख गर्नुभयो ।
यसैबिच, अभिमुखिकरण कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै अपाङ्ग महासंघ कर्णाली प्रदेशका जितलाल ढकालले भुकम्प प्रभावित क्षेत्रमा अपाङ्गता भएका व्यक्तीहरुको उचित पहिचान नभएको, एकद्वार प्रर्णालीबाट गरिएको राहात वितरण अपाङ्गता भएका व्यक्तीहरुको पहुँचमा नपुगेको जानकारी गराउनुभयो ।
उहाले प्रदेश र स्थानीय सरकारले खण्डिकृत तथ्याङ्क संकलन गर्नुपर्ने, पुनस्थापना सेवाहरुको शुरुवातको लागि केन्द्रीकृत प्रर्णाली स्थापना गर्नुपर्ने लगायतका सुझाव दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तीहरुको एथेष्ट तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या
अपाङ्गता भएका व्यक्तीहरुको एथेष्ट तथ्याङ्क नहुँदा विपद् व्यवस्थापनमा समस्या
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
