काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । फागुन २२ गते कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायतका सत्ता साझेदार दलहरूसँग छलफल गर्ने बताउनुभएको छ । दाहालले संसदीय दलको शनिबार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको बताउनुभयो ।
माओवादीका एक सांसदका अनुसार फागुन ३० मा सांसदहरूलाई ह्वीप लगाउने विषयमा संसदीय दलमा छलफल भएको छ ।
सत्तारूढ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् ।
यसबीचमा सत्तारूढ गठबन्धनको प्रमुख घटक एमालेले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ भने प्रधानमन्त्रीले पनि सरकार अन्य दलहरूलाई सहभागी गराउन छलफल गरिरहनुभएको छ ।
प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिने
प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
