सुर्खेत । सुर्खेत वीरेन्द्रनगर भित्रका अस्थायी संरचनाहरु हटाउन शुरु गरिएको छ ।
पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिकाले वडा नम्बर ६ को हटिया लाइन क्षेत्रमा अस्थायी संरचना हटाउन शुरु गरेको हो ।
नगर विकास समितिले गत माघ १७ गते व्यापारीहरूलाई आफ्ना संरचना भत्काई सरकारी जग्गा खाली गराउन सूचना जारी गरेको थियो । गत फागुन २३ गते नै समय सकिएको भएपनि नगरपालिकाले फागुन ३० गतेसम्म संरचना हटाउन समय उपलब्ध गराएको थियो । तर, व्यवसायीहरूले उचित विकल्प नदिएको भन्दै संरचना हटाउनुको साटो आन्दोलन थालेपछि नगरपालिकाले आफै संरचना हटाउन थालेको जनाएको छ ।
वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको नगरपालिका प्रमुख मोहोनमाया ढकालले बताउनुभयो ।
नगरपालिकाले डोजर चलाउन थालेपछि केही व्यापारीहरुले ढुङ्गा मुढा गरेपछि केहि बेर तनाब भएको थियो ।
व्यवसायीको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने नगरपालिकाका ३ जना कर्मचारी घाइते भएका छन् । नगरप्रमुख ढकालले सीडीओसँग समन्वय भइरहेको र अस्थायी संरचना हटाइने बताउनुभयो ।
वीरेन्द्रनगर भित्रका अस्थायी संरचनाहरु हटाउन शुरु
वीरेन्द्रनगर भित्रका अस्थायी संरचनाहरु हटाउन शुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
