सुर्खेत । नेपाल राष्ट्र बैंकले सुर्खेत वीरेन्द्रनगरका विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धि अभिमुखिेकरण गरेको छ ।
वीरेन्द्रनगरमा आज वित्तिय साक्षरता सम्बन्धि कार्यक्रमको आयोजना गरि वित्तिीय सचेतना गराएको हो ।
वित्तीय सचेतनाको कमीले पछिल्लो समय ठगि हुने, विभिन्न बैंकिङ समस्याहरु आउने गरेको भन्दै विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।
साक्षरता कक्षामा वीरेन्द्रनगरका चार वटा क्याम्पसका एक सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको नेपाल राष्ट्र बैंक सुर्खेत शाखाले जनाएको छ ।
कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धी जानकारी, राष्ट्र बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरू, बैंक तथा वित्तीय संस्थाहरुको बारेमा जानकारी, नेपाल बिमा कम्पनीले दिने सेवा र त्यसको बारेमा जानकारी गराइएको नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका प्रमुख बाबुराम कोइरालाले जानकारी दिनुभयो ।
उहाले बालबालिका र युवाहरुदेखि नै वित्तीय साक्षरता अविवृद्धी गर्न कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र नेपाल बिमा प्राधिकरणको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राष्ट्र बैंकका सहायक निर्देशक चिनिया लामा, बैंक तथा वित्तिय संस्थाका डाक्टर सरोज टण्डन, नेपाल बिमा प्राधिकरणका पदम प्रसाद सोडारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धि जानकारी गाउँगाउँसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
वित्तीय साक्षरता सम्बन्धि विद्यार्थीहरुलाई अभिमुखिेकरण
वित्तीय साक्षरता सम्बन्धि विद्यार्थीहरुलाई अभिमुखिेकरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
