काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले हिमाली क्षेत्रको विकासमा सरकारको ध्यान नपुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा माग लिंदै सांसद छिरिङले हुम्लामा राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रसारण लाइन नजोडिनु बिडम्वना भएको बताउनुभयो ।
कर्णाली करिडोर अन्तर्गतको खुलालु–सलिसल्लाको बहुवर्षे ठेक्कामा पहिलेका अर्थमन्त्रीले सहमति नदिएको सांसद छिरिङले बताउनुभयो ।
अबको बजेटमा हिमाली जिल्ला हुम्लालगायत दुर्गम क्षेत्रलाई समान बजेट वितरण गर्न पनि उहाले माग गर्नुभएको छ ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिने गरी काम भइरहेको बताउनुभयो । कर्णाली करिडोरको सुधारको काम पनि भइरहेको उहाको भनाइ छ ।
खुलालु–सलिसल्ला खण्डको सुधारका लागि बहुवर्षे ठेक्का आह्वान गरिने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । साथै आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।
हिमाली क्षेत्रमा विद्युत् विस्तारको कामसमेत भइरहेको प्रधानमन्त्रीले बताउनुभयो । हुम्लालगायत हिमाली क्षेत्रको समग्र विकासका लागि सरकार गम्भीर रहेको उहाले बताउनुभयो ।
हुम्लाका सांसद छिरिङको प्रश्नः हुम्लामा विद्युत कहिले पुग्छ
हुम्लाका सांसद छिरिङको प्रश्नः हुम्लामा विद्युत कहिले पुग्छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
