सुर्खेत । कर्णाली प्रदेशका अधिकांस नागरिकहरु कच्ची घरमा बस्ने गरेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा जम्मा ३ लाख ६६ हजार ३७ घरहरुमध्य अधिकांस घरहरु माटो र ढुङ्गाले बनेका घरहरु रहेका छन् ।
प्रदेशमा ६ हजार एक सय ७८ घरहरु ढुङ्गा÷पत्थरले छाएका घरहरु रहेका छन् भने २३ हजार ६ सय ८३ वटा घरहरु खरको छानाबाट निर्मित छन् । ति घरहरु पनि ढुङ्गा माटोले निर्मित रहेको तथ्याङ्कमा जनाइएको छ ।
यसैगरी ६ हजार एक सय ४४ घर टायलले छाएका रहेको तथ्याङ्कमा जनाइएको छ । यस्तै, ४० हजार २ सय २९ घरहरु माटोले बनेको रहदा ३ हजार ६ सय ८७ घरहरु काठले बनेका रहेको पाइएको जनगणनाको तथ्याङ्कले देखाएको छ ।
४३ हजार ७ सय ५७ वटा घरहरु पक्की घरहरु रहेका छन् । पक्की घरहरु जिल्ला सदरमुकाम र शहरहरुमा मात्रै रहेको देखिएको छ ।
प्रदेशमा अधिकांस नागरिकहरुका घरहरु जस्ता पाताले छाएका छन् । प्रदेशमा एक लाख ६१ हजार ९ सय ८९ घरहरु जस्ता पाताले छाएको जनगणनाको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशमा सबैभन्दा धेरै घर सुर्खेतमा रहेका छन् । सुर्खेत जिल्लामा ९७ हजार ८ सय २२ वटा घरहरु रहेका छन् भने दोश्रोमा रहेको सल्यानमा ५४ हजार ६ सय ७२ घरहरु रहेका छन् ।
यस्तै दैलेखमा ५४ हजार ५ सय ९४, जाजरकोटमा ३७ हजार ४ सय ५३, रुकुममा ३७ हजार २ सय ९० घरहरु रहेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, डोल्पामा ९ हजार ३ सय ८०, मुगुमा १२ हजार ४ सय ३० घरहरु हुँदा हुम्लामा ११ हजार २ सय ४ वटा घरहरु छन् । उता जुम्लामा २४ हजार ४ सय २२ वटा घरहरु छन भने कालिकोटमा २६ हजार ७ सय ७० घरहरु रहेका छन् ।
कर्णालीका अधिकांस नागरिकहरु कच्ची घरमा बस्ने हुँदा भुकम्प जस्ता प्राकृतिक प्रकोपले क्षती पुर्याउन सक्ने विज्ञहरुले बताउँदै आएका छन् ।
