सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन्।
एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्दै उहाँले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताउनु भएको छ।
कर्णालीमा माओवादी बलियो भएकै आधारमा उसले मात्र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता ठीक नभएको पनि उहाँले बताउनुभयो। ‘एमालेले मधेश र कर्णालीबाहेक बाँकी ५ प्रदेशमा सरकारको नेतृत्व गरिसकेको र कर्णालीमा परीक्षण हुन बाँकी रहेको महासचिव पोखरेलले बताउनुभयो।
महासचिव पोखरेलले प्रदेश सरकारको नेतृत्वका लागि नेताहरू केन्द्रमा धाउन आवश्यक नरहेको पनि बताउनुभयो । यस्तै महासचिव पोखरेलले अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ । उहाँले बदलिएको राजनीतिक समीकरण अनुसार मुलुकमा स्थायित्व सिर्जना गर्नुपर्ने बताउनुभयो ।
अधिवेशनमा नीति भन्दा नेतृत्वमा ध्यान केन्द्रित हुने गरेको भन्दै अहिलेको अधिवेशनले त्यसतर्फ छलफल हुने विश्वास व्यक्त गर्नुभयो।
यस्तै एमाले सुर्खेतको अधिवेशन सुरु भएको हो।
यो अधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुनेछ भने अधिवेशनमा ४९५ जना प्रतिनिधि सहभागी छन् । यीमध्ये सल्लाहकार २५, जनवर्गीय सङ्गठन ४२, आयोजक कमिटी १२७, दलित समावेशी क्लस्टर ६९, अन्य क्लस्टर २३२ प्रतिनिधि रहनुभएको छ । अधिवेशन शनिबारसम्म जारी हुनेछ।
अध्यक्षको लागी वर्तमान अध्यक्ष जिल्ला अमृतबहादुर विसी पुनः दोहोरिन चाहानु भएको छ भने जिल्ला कमिटी उपाध्यक्ष कुलमणि देवकोटा जसरी पनि जिल्लाको नेतृत्व लिने पक्षमा हुनुहुन्छ । एमाले सुर्खेतको नेतृत्वकालागि आधा दर्जन आकाँक्षी छन् ।
वर्तमान अध्यक्ष जिल्ला अमृतबहादुर विसी पुनः दोहोरिन चाहेका छन् भने हालका जिल्ला कमिटी उपाध्यक्ष कुलमणि देवकोटा जसरी पनि जिल्लाको नेतृत्व लिने पक्षमा छन् ।
त्यस्तै आठौँ अधिवेशनमा अध्यक्षका प्रत्यासी डण्डिप्रसाद शर्मा र बहालवाला सचिव कविन्द्रकुमार केसी अध्यक्षको दौडमा छन् । त्यस्तै नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमा फर्किएका मोहनसिंह बडुवाल पनि अध्यक्षको लाइनमा छन् ।
सातौँ जिल्ला अधिवेनबाट सचिव बनेका उनी एमालेको नेतृत्वले जिल्ला अध्यक्ष बनाउने आश्वासन दिएकै कारण नेकपा एकीकृत समाजवादी सुर्खेतको अध्यक्ष पद छोडेर एमालेमा फर्किनुभएको हो।
आकांक्षीमध्ये देवकोटा र विसी बलिया उम्मेद्वार हुनुहुन्छ । देवकोटा स्थायी कमिटी सदस्य यामलाल कंडेलका विश्वासपात्र हुनुहुन्छ । आठौँ अधिवेशनमा कंडेलकै लाइनबाट अध्यक्ष बनेका विसी अहिले अर्का स्थायी कमिटी सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी निकट हुनुहुन्छ । त्यस्तै सचिवमा पनि आधा दर्जन आकांक्षी छन् ।
कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने दाबीः एमाले सुर्खेतको अध्यक्षका लागि आकांक्षी धेरै
कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने दाबीः एमाले सुर्खेतको अध्यक्षका लागि आकांक्षी धेरै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
