हुम्ला । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप आज दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ओदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको जिल्ला प्रहरी हुम्लामा डिउसपी एवम् प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताउनुभयो ।
दुर्घटनामा परेर ६ जना घाइते भएको र घाइते हुनेहरुको भने परिचय नखुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताउनुभयो ।
यता, बझाङमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका वडा नम्बर–६ नौरामा गएराति साढे नौ बजे घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उहाँका १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, २५ वर्षीया निशा सिंह, १८ महिनाकी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, ९ वर्षीय नितेश सिंह र १३ वर्षीया लक्ष्मी सिंह घाईते हुनुभएको छ ।
घाइते सबैको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले बताउनु भएको छ ।
घाइतेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
