सुर्खेत । नेकपा एमाले सुर्खेतको जिल्ला अध्यक्षमा अमृत विसी र कुलमणी देवकोटाबिच प्रतिस्पर्धा हुने भएको छ ।
वीरेन्द्रनगरमा जारी नवौं अधिवेशनमा अध्यक्षका लागि बिसी र देवकोटाको उमेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । नयाँ कार्यसमिति चयनकालागि भोली मतदान हुने भएको छ । बिसी निवर्तमान अधयक्ष र देवकोटा उपाध्यक्ष हुनुहुन्छ । यस्तै उपाध्यक्षमा ताराकेशर गौतम र मोहनसिंह बडुवाल सचिवमा डण्डिप्रसाद शर्मा र डम्बर तिवारीको उम्मेदवारी परेको छ ।
गौतम र शर्मा विसी तथा बडुवाल र तिवारी देवकोटा प्यानलबाट उम्मेदवार बन्नु भएको हो । यसैगरी उपसचिव खुल्लामा हरिप्रसाद अधिकारी, गणेशमान खनाल, टिकाराम सौमै, जय ब खड्काको उम्मेदवारी परेको छ ।
उपसचिव महिलामा तृप्ति वि.क,कोकिला सिंह, शुशिला विश्वकर्मा उम्मेदवार बन्नु भएको छ । देवकोटलाई एमाले स्थायी समिति सदस्य यामलाल कँडेल र बिसीलाई प्रदेश अर्का नेता गोरख बहादुर बोगटीको समर्थन रहेको छ ।
एमाले सुर्खेतको जिल्ला अध्यक्षमा विसी र देवकोटा निर्वाचन मैदानमा
एमाले सुर्खेतको जिल्ला अध्यक्षमा विसी र देवकोटा निर्वाचन मैदानमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
