सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित हुनु भएको छ ।
जिल्ला पार्टीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा देवकोटाले ३५१ मत पाउदा उहाँका प्रतिस्पर्धी अमृत कुमार विसीले १३२ मत मात्रै पाउनुभयो । निवर्तमान अध्यक्ष अमृत विसीलाई देवकोटाले २१९ मतान्तरले पाराजित गर्नुभएको हो । देवकोटा प्यानलबाट अन्य पदाधीकारीसहित पदाधिकारीमा प्यानलै विजयी भएका छन् ।
उपाध्यक्ष मोहन बडुवालले ३४६, सचिवमा डम्बर तिवारीले २९१, उप–सचिव खुलामा टिकाराम सोमैले ३२४ र महिलामा सुशील विश्वकर्माले ३३५ मत ल्याएर विजयी भएका हुनुभएको हो
यस्तै विसी प्यानबाट उपाध्क्ष उम्मेदवार बन्न्रभएका ताराशेसर गैतमले १३० सचिवका उम्मेदार डण्डीप्रसाद शर्माले १८९ उपसचिमा खुल्ला हरिप्रसाद अधिकारी १४३ तृप्ती विकले १३३ मत पाउनु भयो ।
सदस्य पदको गणना जारी रहेको र अहिले बिहान ११ बजेसम्म सबै परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित
नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
