सुर्खेत । कर्णालीमा क्षयरोगी विरामी थपिने क्रम बढेको देखिएको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी ९ सय ३ जना नयाँ क्षयरोगिका विरामी थपिएका हुन् ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार ७७ जनामा क्षयरागको संक्रमण देखिएको थियो । जबकी चालु आर्थिक बर्षको ८ महिनामा मात्रै ९ सय ३ जना बिरामी थपिएका हुन् ।
चालु आर्थिक वर्ष २०८०÷०८१ मा सबै भन्दा धेरै सुर्खेतमा ३ सय १८ जना नयाँ क्षयरोगीका बिरामी फेला परेका छन् । यस्तै सल्यानमा १ सय ४९ जना, रुकुमपश्चिमा १ सय १ जना र दैलेखमा ९९ जनामा संक्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग फोकल पर्सन दयाराम पंगालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जाजरकोटमा ८६, कालिकोटमा ५२, जुम्लामा ५४, डोल्पामा १९, हुम्लामा १३ र मगुमा १२ जना नयाँ क्षयरोगिका विरामी चालु आर्थिक बर्षको ८ महिनामा फेला परेका छन् ।
कर्णालीमा क्षयरोगीका सङ्ख्या बढ्दै गएको पाइएको जनाउँदै बिरामीहरुलाई उपचारको दायरामा ल्याउनेगरी प्रचार प्रसार भइरहेको उहाको भनाई छ ।
कर्णालीमा नौ सय ३ जना क्षयरोगीका नायाँ बिरामी फेला
कर्णालीमा नौ सय ३ जना क्षयरोगीका नायाँ बिरामी फेला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु