सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो । उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।
ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ । ‘स्थानीय महिलाहरू घाँस काट्न गएको बेला फेला पारेर हामीलाई खबर गरेका थिए,’ प्रहरी चौकी बांगेसिमलका प्रहरी वरिष्ठ हल्दार अर्जुन पाण्डेले भने, ‘लामो कपाल र कुर्ताबाट महिला हो भन्ने थाह भयो तर, कति वर्ष उमेर समूहको हो वा कसको हो भन्ने पहिचान गर्न सकिने अवस्था छैन ।’
वीरेन्द्रनगरमा एक महिलाको शव फेला
वीरेन्द्रनगरमा एक महिलाको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
