प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीको मुख्यमन्त्री छोड्न पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ ।
सोमबार दिउँसो कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई टेलिफोन गरेर मुख्यमन्त्री एमालेलाई दिन निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मत स्थगित हुने भएको छ।
प्रधानमन्त्रीको निर्देशनपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार लिन लागेको विश्वासको मत स्थगित गरिएको मल्लले बताउनुभयो ।
सत्ता गठबन्धनका नेताहरुले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नेगरी भागबन्डा गरेका छन् । जस अन्तरगत कर्णाली प्रदेशको नेतृत्व एमालेलाई परेको हो ।
