सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवास ईत्राममा शिर्ष नेताहरूविच बैठक सकिएको छ । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भएको हो ।
तर छलफल सकरात्मक रहेपनि अझै टुंगोमा नपुगेको एमाले कर्णाली ईन्चार्ज लेखराज भट्टले बताउनुभयो । छलफलमा माओवादीका कर्णाली ईन्चार्ज कालिबहादुर मल्ल, माओवादीकै प्रभावशाली नेता महेन्द्रबहादुर शाही र मुख्यमन्त्री राजकुमार शर्मासमेत सहभागी भएका थिए ।
माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री शर्मा निवासमै रहँदा अहिले माओवादी प्रदेश अध्यक्ष विमला केसी बैठकमा सहभागी हनुहुन्छ । उनीहरू छुट्टै बसिरहेका छन् ।
मुख्यमन्त्री शर्माले आज विश्वासका मत लिन यसअघि नै पत्र संसद सचिवालयमा दर्ता गरिसकेका छन् । केन्द्रले कर्णालीको नेतृत्व एमालेलाई दिन परिपत्र गरेपनि मुख्यमन्त्री शर्मा नछाड्ने अडानमा छन् ।
कर्णालीमा सत्ता किचलोः मुख्यमन्त्रीले अडान नछोडेपछि बैठकबाट बाहिरिए एमाले नेताहरु
कर्णालीमा सत्ता किचलोः मुख्यमन्त्रीले अडान नछोडेपछि बैठकबाट बाहिरिए एमाले नेताहरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
