सुर्खेत । केन्द्रमा सत्ता गठबन्धनबिच प्रदेश सरकारको नेतृत्वमा भागबण्डाको सहमती भएसँगै कर्णाली प्रदेशमा मुख्यमन्त्रीको भाग एमालेलाई पर्यो । सहमतीअनुसार सरकारको नेतृत्व आफुले पाउनुपर्ने भन्दै एमाले नेताहरु हालका मुख्यमन्त्रीले सहज रुपमा राजिनामा दिने अपेक्षा गरेका थिए । तर त्यसो हुन सकेन । बरु हालका मुख्यमन्त्री राज कुमार शर्माले माओवादीको आधार इलाका कर्णाली भएको भन्दै आफ्नै नेतृत्वमा सरकार अगाडी बढाउन सहज हुने अडान लिनुभयो । त्यही अडानअनुसार उहाले संसदमा तेश्रोपटक विश्वासको मतको लागि संसद सचिवालयलाई पत्र दर्ता गराउनुभयो । संसदबाट विश्वासको मत लिने मिति आज मंगलबारलाई तोकिएको छ ।
मुख्यमन्त्री शर्मा अडान छोड्ने नदेखेपछि पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालले पत्र नै पठाएर मुख्यमन्त्रीबाट मार्ग प्रसस्त गर्दै एमालेलाई समर्थन गर्न सर्कुलर नै जारी गर्नुभयो । तर मुख्यमन्त्री शर्माले आफ्नो अडान छोड्नुभएको छैन् ।
एमाले र माओवादी केन्द्रबिच सहमतीको प्रयास
मुख्यमन्त्री राजकुमार शर्माको निवासमा आज बिहानबाट पटकपटक बैठक बसी एमाले र माओवादी (केन्द्र) का नेताहरुबिच सहमती गर्ने प्रयास भइरहेको नेताहरुले दाबी गरेका छन् । शिर्ष नेताहरूविच बैठक बसेर सहमती गर्ने प्रयास गरिएपनि निश्कर्षमा पुग्न सकेको छैन । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भएको हो ।
तर छलफल सकरात्मक रहेपनि अझै टुंगोमा नपुगेको एमाले कर्णाली ईन्चार्ज लेखराज भट्टले बताउनुभयो ।
छलफलमा माओवादीका कर्णाली ईन्चार्ज कालिबहादुर मल्ल, माओवादीकै प्रभावशाली नेता महेन्द्रबहादुर शाही र मुख्यमन्त्री राजकुमार शर्मासमेत सहभागी हुनुभएको थियो । नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेल प्रदेश इन्चार्ज लेखराज भट्ट सहित पुनः मुख्यमन्त्री निवासका जानुभएको थियो ।
नेता कंडेलले मंगलबार बिहान एक घण्टा मुख्यमन्त्री शर्मासँग छलफल एक्लाएक्लै छलफल गर्नुभएको थियो । दुवै नेताहरु आआफनो अडानबाट पछी नहटेपछि सहमती हुन नसकेको बताइएको छ ।
माओवादी (केन्द्र) र एमालेबिच सहमती हुन नसकेपछि अहिले माओवादी (केन्द्र) को आन्तरिक छलफल चलिरहेको छ ।
मुख्यमन्त्री राज कुमार शर्माले विश्वासको मत लिने आजको प्रदेशसभा बैठकको कार्यसुची बनाउनेगरी कार्य व्यवस्था समितिको बैठक डाकिएको थियो । तर दलहरुबिचमा सहमती हुन नसक्दा कार्य व्यवस्था समितिको बैठक नै बस्न सकेको छैन ।
मुख्यमन्त्री शर्माले मंगलबार नै विश्वासको मत लिनेगरी पत्र दर्ता गराएपनि केन्द्रमा सत्ता गठबन्धमा भएको सहमतीका कारण संसद बैठक नै अन्यौल भएको संसद सचिवालयले जनाएको छ ।
कर्णालीमा सत्ता गठबन्धनमा किचलो, सहमती जुटाउने प्रयास
कर्णालीमा सत्ता गठबन्धनमा किचलो, सहमती जुटाउने प्रयास
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
