सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको राजीनामाबारे बैठकमा छलफल भएपनि कुनै सहमति जुट्न नसकेको हो ।
प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठक निष्कर्षविहीन बनेको र फेरि केन्द्रका प्रतिनिधिसहितको बैठक बसेर टुंगो लगाउने उनको भनाइ छ ।
उहाका अनुसार नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरु एमालेका नेताहरुसँग छलफलमा जुटेका छन् ।
यो छलफलपछि फेरि बैठक बसेर राजीनामा दिने या के गर्ने भन्नेबारे निर्णय हुने उहाको भनाइ छ । सत्ता गठबन्धनमा केन्द्रीय सहमतिअनुसार कर्णालीको नेतृत्व एमालेलाई दिने भनिएपनि माओवादीले आफ्नो दाबी नछाड्दा समस्या भएको हो ।
कर्णालीमा सत्ता किचलोः माओवादी संसदीय दलको बैठक निष्कर्षबिहिन
कर्णालीमा सत्ता किचलोः माओवादी संसदीय दलको बैठक निष्कर्षबिहिन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
