सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गर्नुभएको हो ।
संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउनुहुने छ । यसअघि मुख्यमन्त्री शर्माले मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो ।
तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सार्नुभएको थियो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्ततः राजीनामा दिन बाध्य हुनुभएको हो ।
सम्बोधनका क्रममा उनले आफूले गरेका उपलब्धिको चर्चा गर्नुभयो । साथै, केन्द्रको निर्देशनप्रति असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।
कर्णालीका मुख्यमन्त्रीले दिए राजिनमा
कर्णालीका मुख्यमन्त्रीले दिए राजिनमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
