सुर्खेत । सुर्खेत चौकुने गाउँपालिकाको गुटु बजारमा दश हजार मुल्य बराबरको म्याद गुर्जेका सामानहरु भेटिएका छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको अगुवाईमा आज (बिहीबार) गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु फेला परेका हुन् । ति सामानहरुलाई नष्ट गराइएको छ ।
करिब ४० वटाभन्दा धेरै विभिन्न पसलहरुको अनुगमनमा म्याद गुर्जेका सामानहरु भेटिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुगमन अधिकृत माधव प्रसाद न्यौपानेले बताउनुभयो ।
“हाम्रो नियमित बजार अनुगमनको क्रममा चौकुनो गाउँपालिकाको गुटु बजारको अनुगमन गर्यौ, अधिकृत न्यौपानेले भन्नुभयो,” अनुगमनको क्रममा म्याद गुर्जेका सामानहरु भेटियो, ति सामानहरुलाई नष्ट गर्न लगाएका छौँ । आगामी दिनमा यस्ता सामानहरु भेटिए कारवाही हुने चेतावनी दिएका छौँ ।”
अनुगमनको क्रममा १६ वटा पसलहरु दर्ता नभएर संचालन भइरहेको पाइएको भन्दै आगामी दिनमा दर्ता गरेर मात्रै पसलहरु संचालन गर्न निर्देशन दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले बताउनुभयो ।
केही सामानहरु लेवलिङ नगरी बेचबिखन गर्ने गरेको भेटिएको भन्दै उहाले त्यस्ता सामानहरु नबेच्न र लेवलिङ गरिएका सामानहरु मात्रै विक्रि वितरण गर्न भनिएको बताउनुभयो ।
बजारमा गैरखाद्य वस्तुहरु विक्रिवितरण गर्न नपाइने भन्दै त्यस्ता कार्य नगर्न उपभोक्ता समेत चनाखो हुनुपर्ने उहाको भनाई छ ।
दैनिक उपभोग्य वस्तुहरुको प्रयोगमा आम उपभोक्तालाई सचेत बनाउन आवश्यक रहेको खाद्य तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका पदम बरालले बताउनुभयो ।
उपभोक्ताहरुले विशेषगरी म्याद गुज्रेका, लेवलिङ नगरिएका, रङको प्रयोग गर्ने गरिएको भन्दै त्यसलाई खेलाची नठान्न सुझाव दिइएको छ ।
उपभोक्ताहरुलाई सचेत बनाउन सन्देशमुलक पम्पलेट पनि बजारभर बाडिएको जनाइएको छ ।
निर्देशनालयको अगुवाईमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय,चौकुने गाउँपालिका, इलाका प्रसासन बाबियाचौर गुटु, प्रहरी चाैकी गुटु र नेपाल पत्रकार महासंघको संयुक्त टोलीले गटु बजारका विभिन्न पसलहरुको अनुगमन गरेको हो ।
चौकुने गाउँपालिकाको गुटु बजारको अनुगमनः दश हजार मुल्यको म्याद गुर्जेका सामानहरु नष्ट
चौकुने गाउँपालिकाको गुटु बजारको अनुगमनः दश हजार मुल्यको म्याद गुर्जेका सामानहरु नष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
