सुर्खेत । अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले ८ बुँदे माग राख्दै वीरेन्द्रनगर नगरपालिकालाई मागपत्र बुझाएका छन् ।
आदीबासी अपाङ्ग महिला अनुसन्धान र खोज केन्द्र, अपाङ्ग महिला समाज सुर्खेत तथा अपाङ्ग जनचेतना सेवा केन्द्र सुर्खेतले संयुक्त रुपमा विभिन्न ८ बुँदे माग राख्दै वीरेन्द्रनगर नगरपालिकालाई मागपत्र बुझाएका हुन्
उनिहरुले कर्णाली प्रदेशको राजधानीको पालिका भएकाले पनि वीरेन्द्रनगरमा बसाईसराइ बढ्दो रहेको भन्दै त्यही अनुसारको नीति बनाउन सुझाव दिइएको छ ।
वीरेन्द्रनगरमा बसाई सराई गरि आएका सम्पूर्ण अपाङ्गता भएका व्यक्तीहरुको वास्तविक तथ्याङ्क संकलन गरिनुपर्ने, वीरेन्द्रनगरमा बसाइसराई गरि आउने सम्पूर्ण अपाङ्गता भएका व्यक्तीहरुलाई सहज रुपमा परिचयपत्र वितरण गरिनुपर्ने माग गरिएको छ ।
त्यस्तै, अपाङ्गता भएका व्यक्तीहरुको तथ्याङ्क संकलन गर्दा अपाङ्गताको प्रकार, लैङ्गिकता, जातजातियताको खण्डित तथ्याङ्क संकलन गर्न माग गरिएको छ ।
यसैगरी, वीरेन्द्रनगरमा बसाइसराई गरि आएका सम्पूर्ण अपाङ्गता भएका व्यक्तीहरुलाई आवश्यक पर्ने सहायता सामग्री उपलब्ध गराउनुपर्ने, अपाङ्गता भएका व्यक्तीहरुलाई लक्षित गरि यौन तथा प्रजनन् क्षमता सम्बन्धीका कार्यक्रम संचालन गर्न समेत माग गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकामा रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तीहरुलाई योग्यताका आधारमा स्वरोजगार तथा विभिन्न आयआर्जनमुलक कार्यक्रमहरु संचालन गर्नेगरी आगामी बर्षको नीति, कार्यक्रम र बजेटमा समेट्न माग गरिएको भन्दै आफुहरुले गरेका मागहरुको उचित सम्बोधन हुनेमा विश्वस्त रहेको अपाङ्ग महिला समाज सुर्खेतका अध्यक्ष तुलसी विसीले बताउनुभयो ।
मागपत्र बुझ्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले आफुहरुले अपाङ्गताको क्षेत्रमा थुप्रै कामहरु गर्दै आएको बताउँदै आगामी बर्षको नीति कार्यक्रम र बजेटमा गरिएका मागहरुको सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाले सरकार भनेको अविभावक हुनुपर्ने भन्दै सबैलाई हरेक क्षेत्रमा समान पहुँच पुग्नेगरी नगरपालिकाले काम गरिरहेको उल्लेख गर्नुभयो ।
लैङ्गिक तथा अपाङ्गता उत्तरदायी वजेट निर्माण गर्ने प्रतिवद्धता
यसैबिच, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरुले आगामी बर्षको नीति कार्यक्रम र बजेट लैङ्गिक उत्तरदायी तथा अपाङ्गतामैत्री हुनेगरी निर्माण गरिने प्रतिवद्धता जनाएका छन् ।
युएनपिआरपिडी र युएन वमनको आर्थिक सहयोग, राष्ट्रिय आदीबासी जनजाती अपाङ्ग महिला संघ, नेपालको साझेदारीमा अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रको अयोजनामा लैङ्गिक अपाङ्गता उत्तरदायी नीति कार्यक्रम र वजेट तथा योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएका वीरेन्द्रनगरका नगरपालिकाका जनप्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले आफ्नो वडाबाट विनियोजित वजेटमा अपाङ्गताको सवाललाई ध्यानमा राखेर बनाउने गरिएको भन्दै आगामी दिनमा अझै सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो ।
उहाले सबै समुदाय, वर्गहरुको समान पहुँच पुर्याउनको लागि बनेका कानुनहरुको कार्यान्वयनलाई जोड दिनुपर्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष डण्ड बहादुर विश्वकर्माले अहिले पनि पछाडी पारिएका वर्गहरुको नाममा हालिमुहाली गर्ने गरिएको भन्दै यसलाई सधार्नेगरी प्रयास थालिएको बताउनुभयो ।
उहाले आफ्नो वडामा योजना तर्जुमा गर्दा चार क्षेत्रमा विभाजन गरेर गर्ने गरिएको बताउँदै त्यसमा अपाङ्गता भएका व्यक्तीहरुलाई प्रथामिकतामा राखिएको उल्लेख गर्नुभयो ।
यता, परियोजना संयोजक कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तीहरुको सवालमा सम्बेदनशिल छौ भनेर वीरेन्द्रनगर नगरपालिकाले सन्देश दिएको बताउनुभयो ।
आगामी आर्थिक बर्षको नीति कार्यक्रम र वजेट लैङ्गिक तथा अपाङ्गता उत्तरदायी हुने उहाँको विश्वास छ ।
परियोजनाका प्रतिमा गुरुङ्गले अपाङ्गता भएका व्यक्तीहरुमा पूरुषभन्दा धेरै महिलाहरु समस्यामा रहेको भन्दै वजेट बनाउँदा त्यही अनुसारको बनाउन सुझाव दिनुभयो ।
अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रका अध्यक्ष विष्णु भट्टराइले परियोजनाले अहिले वीरेन्द्रनगर र वराहातालमा अपाङ्गताको सवालमा विभिन्न कामहरु गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तीहरुसँगै वीरेन्द्रनगर नगरपालिका १६ वटै वडाका वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
अपाङ्गता भएका व्यक्तीहरुको वास्तविक तथ्याङ्क संकलन गरी योजना बनाउन माग
अपाङ्गता भएका व्यक्तीहरुको वास्तविक तथ्याङ्क संकलन गरी योजना बनाउन माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
