सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक महिनादेखि बन्द रहेका दुइवटा विभागका पुनः संचालनमा आएका छन् ।
विभागमा कार्यरत चिकित्सकहरु सरूवा भएर गएपछि दुइवटा विभाग एक महिनादेखि बन्द भएका थिए । तर एक महिनापछि विभागमा चिकित्सकहरु हाजिरी भएपछि विभागका कामहरु नियमित हुन थालेको अस्पताल प्रशासनले जनाएको छ ।
केन्द्रबाट खटाइएका विशेषज्ञ चिकित्सक आउन ढिलाई भएपछि केही समय मुटुरोग विभाग र न्यूरोसर्जरी विभाग बन्द गर्नुपरेको भन्दै अस्पतालका निर्देशक प्रा. डा. डम्बर खड्काले बताउनुभयो ।
अब दुबै विभागका चिकित्सकहरु अस्पतालमा हाजिरी भइसकेकाले अस्पतालका दुबै विभागका सेवाहरु पुनः संचालनमा आएको निर्देशक खड्काले बताउनुभयो ।
केही दिनअघि स्वास्थ्य मन्त्रालयले खटाएका डाक्टरहरू अस्पताल आएकाले दुवै विभागका सेवा पुनः सुरू गरिएको हो । ‘डाक्टरहरू यहाँ हाजिर गर्न ढिला गर्नुभएको थियो, उहाँहरू आइसकेपछि हामीले दुवै विभागका सेवा खुला गरेका छौं,’ डा. डम्बर खड्काले भन्नुभयो ।
अहिले न्युरोसर्जन विभागमा डा. ओमविक्रम शाह र मुटुरोग विभागमा डा. सुतप यादव आउनुभएको छ ।
तीन वर्षदेखि काम गर्दै आएका न्यूरोसर्जन डा. निलम खड्का काज सरूवा भएर ट्रमा अस्पताल काठमाडौं फर्किएपछि उक्त विभाग खाली भएको थियो ।
कर्णाली प्रदेश अस्पताका बन्द रहेका दुइवटा विभागका पुनः संचालनमा
कर्णाली प्रदेश अस्पताका बन्द रहेका दुइवटा विभागका पुनः संचालनमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु