सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख तिलक परियारले आज मुख्यमन्त्री कँडेललाई शपथ गराउनुभएको हो । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता कँडेल एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) को समर्थनमा हिजो मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
