सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कँडेलले मन्त्रालय बाँडफाँटमा विवाद सत्तासाझेदार दलबित विवाद नभएको दाबी गर्दै गर्नुभएको छ।
सत्ता साझेदा नेकपा एमाले र माओवादी केन्द्रबिच सिट बाँडफाँटमा कुरा नमिलेको चर्चा चलेका बेला मुख्य मन्त्री कँडेलले यसको खन्डन गर्नुभएको हो।
वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका पत्रकारहरुसँगको भेटघाट तथा बधाई कार्यक्रममा उहाँले केही दिन मै मन्त्रीपरिषद्ले छिट्टै पूर्णता पाउने दाबी गर्नु भएको हो ।
मुख्यमन्त्री कँडेलले सिट बाँडफाँटमा विवाद नभएको दाबी गर्दै केही प्राविधिक कारणबाट मात्र मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउनु भयो ।
उहाँले प्रदेशका सबै नागरिको अपनत्व हुने गरी सरकार योजनावद्ध ढंगले अघि बढ्न लागेको बताउनु भयो ।
राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतले ‘डग वाच’ को काम गर्दै सरकारलाई रचनात्मक सुझाव दिन उहाँले पत्रकारहरुसँग आग्रह गर्नु भएको छ ।
यसैबिच, मुख्यमन्त्री कंडेलले आजको संसद बैठकलाई सम्बोधन गर्दै कर्णालीमा रहेका श्रोत साधनहरुको उचित प्रयोग गर्नेगरी आफ्नो नेतृत्वको सरकारले काम गर्ने बताउनुभएको छ ।
उहाले कर्णालीमा चाहिने आवश्यक साधन श्रोत प्रयाप्त नभएको भन्ने गरिएको भन्दै अब प्राप्त साधन श्रोतको उचित प्रयोग गर्ने आफ्नो प्राथमिकता हुने बताउनुभयो ।
प्रदेशमा शुरुवातदेखि नै एउटै कार्यक्रमहरुको निरन्तरता भइरहेको भन्दै अब आफुले केही नविनतम कार्यहरु गरेर जनतालाई उत्साहित गराउन चाहेकाले सबैको साथ चाहिएको बताउनुभयो ।
आगामी बर्षको नीति कार्यक्रम र बजेट बनाउदा सबै पक्षसँग व्यापक छलफल गरेर गराइने उहाको भनाई छ ।
मन्त्रालय बाँडफाँटमा विवाद नभएको कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलको दाबी
मन्त्रालय बाँडफाँटमा विवाद नभएको कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलको दाबी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
