सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुले विभिन्न हिंसाहरु कायम रहेको बताएका छन् ।
उनिहरुले विशेषगरी लैङ्गिताको आधारमा हुने हिंसाहरुका कारण अपाङ्गता भएका व्यक्तीहरु पिडित हुनुपरेको भन्दै यसको रोकथाम गर्नुपर्नेमा जोड दिएका छन् ।
अष्टे«लिएन भोलनटिएर इन्टरनेस्नलको साझेदारी र अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्र सुर्खेतको समन्वयमा सिआइएल काठमाडौंले आज (आइतबार) देखि सुर्खेतको वीरेन्दगरमा आयोजना गरेको अपाङ्गता भएका युवाहरुको लागि लैङ्गिक हिंसा तथा रोकथाम सम्बन्धि दुइदिने तालिममा सहभागी भएका उनिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै सुर्खेत अपाङ्ग समाजका अध्यक्ष मयाराम जैसीले कर्णाली प्रदेश सरकारले अपाङ्गता व्यक्तीहरुको लागि समिति समेत बनाउन नसकेको भन्दै योभन्दा ठुलो विभेद के हुन सक्छ ? भनेर प्रश्न गर्नुभयो ।
उहाले प्रदेश स्तरिय समिति चाँडो बनाउन आग्रह गर्दै यो समिति बनेपछि अपाङ्गता भएका व्यक्तीहरुका हरेक सवाल उठाउन सहज हुने बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तीहरुलाई निर्वाचनको बेला प्रयोग मात्रै गर्ने गरिएको भन्दै निर्वाचनपछि भने उनिहरुको समस्याप्रति बेवास्था गर्ने गरिएको जैसीको भनाई छ ।
तालिममा सहभागि हुनुभएका संगिता बरालले अपाङ्गता भएका व्यक्तिहरुको समान सहभागिता हुन नसकेको भन्दै विशेषगरी महिला अपाङ्गता भएका व्यक्तीहरु हिंसा न्युनिकरण कसरी गर्ने यो तालिमले सहयोग गर्ने उहाले विश्वास व्यक्त गर्नुभयो ।
तालिमको उद्घाटन समारोहमा बोल्दै अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले कर्णाली प्रदेश सरकारले अपाङ्गताको क्षेत्रमा न्युन बजेट छुट्याउने गरेको भन्दै असन्तुष्ट व्यक्त गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तीहरुको सहायक सामाग्री खरिदका लागि छुट्याइएको एक करोड बजेट फ्रिज भएको भन्दै सरकारले अपाङ्गताको सवालप्रति चासो नदिएको बताउनुभयो ।
अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्र सुर्खेतका अध्यक्ष बिष्णु भट्टराइले पनि बजेट बनाउँदा नै महिला, बालबालिका, जेष्ठ नागरि तथा अपाङ्गता भएका व्यक्ती भनेर शिर्षक राख्ने गरिएको भन्दै अपाङ्गताको लागि मात्रै छुट्टै बजेट शिर्षक निर्धारण गर्न सुझाव दिनुभयो ।
यता, वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले अपाङ्गताको सवालमा नगरपालिका सम्बेदनशिल रहेको बताउनुभयो । उहाले अब आत्मनिर्भरको बाटोमा हिड्नुपर्ने भन्दै आगामी बजेटमा अपाङ्गताको सवाललाई त्यसैगरी समेट्ने बताउनुभयो ।
कर्णाली प्रदेशसभा सदस्य एवम सामाजिक विकास समितिका सभापती घनश्याम भण्डारीले अपाङ्गता भएका व्यक्तिको सवालहरु संसदीय समितिमा छलफल गराएर सरकारलाई यस सम्बन्धमा सचेत गराउने प्रतिवद्धता जनाउनुभयो ।
उहाले कर्णालीबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई राखेर अपाङ्गता भएका व्यक्तिको सवालका विषयमा छलफल गरि कानुन निर्माणको लागि दबाब दिनुपर्ने भण्डारीको भनाई छ ।
अपाङ्गता भएका व्यक्तिको प्रदेश समन्वय समिति बानाउने सन्र्भमा उहाले कर्णालीमा सरकार गठन नहुने प्रदेशमा समिति गठन हुन्छ भन्ने सोच राख्नु उपयुक्त नहुने भन्दै व्यङ्ग्य गर्नुभयो ।
उहाले अब गोष्ठी तालिमभन्दा पनि आत्मनिर्भरता बाटोमा जानुपर्ने भन्दै सरकार र अपाङ्गता भएका व्यक्तीहरुले गर्ने कार्य पनि त्यही अनुसार हुनुपर्नेमा जोड दिनुभयो ।
तालिममा सिआइएल काठमाडौंका अध्यक्ष गणेश केसी लगायत अपाङ्गता भएका व्यक्तीहरुको सहभागिता रहेको छ । तालिम भोली सोमबारसम्म संचालन हुने छ ।
लैङ्गिक हिंसा सम्बन्धी तालिमका सहभागिहरुको गुनासो: अपाङ्गता भएका व्यक्तीहरुमाथी हिंसा कायमै छ
लैङ्गिक हिंसा सम्बन्धी तालिमका सहभागिहरुको गुनासो: अपाङ्गता भएका व्यक्तीहरुमाथी हिंसा कायमै छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
