सुर्खेत । नेपाली काँग्रेस निकट तरूण दल सुर्खेतका सदस्य एवम् निर्माण क्भगचएका छन् । थुनछेक बहसपछि अदालतले पुर्पक्षको लागि थुनामा राख्न न्यायाधीस मनोज श्रेष्ठले आदेश दिनुभएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिनुभयो ।
पूर्पक्षका लागि कारागार चलान हुनेमा भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक त्यही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी छन् । रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् ।
वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटरसाइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए । प्रहरीले सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजानाको मुद्दा अदालतमा दर्ता गरेको थियो ।
गिरीसहित उनका आफन्तहरुले सुर्खेत जिल्ला अदालत अगाडी मुख्य योजनाकार पक्राउ गर्नुपर्ने र न्यायको माग गर्दै प्रदर्शन गरेका थिए ।
व्यवसायी विनोद गिरीमाथि गोली प्रहार गर्ने सुटरसहित चार जना कारागार चलान
व्यवसायी विनोद गिरीमाथि गोली प्रहार गर्ने सुटरसहित चार जना कारागार चलान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
