सुर्खेत । दैलेखकी भिमा गुरुङ्ग गत चैत २९ गते उपचार गराउन कर्णाली प्रदेश अस्पताल जानुभयो ।
सामान्य पेट दुखेको भनि हिडेरै अस्पताल गएकी भिमालाई डाक्टरहरुले पाठ्यघरमा सालनाल रहेको भन्दै पाठेघर सफा गर्नुपर्ने भन्दै अस्पताल भर्ना गरियो । डाक्टरहरुकै सल्लाहअनुसार सल्यक्रिया गर्नुपर्ने भन्दै भर्ना भएकी भिमाका परिवारलाई २०८० चैत ३० गते नै अवस्था ठिकै छ, भनेर डाक्टरहरुले जानकारी गराए । तर केही समयपछि भिमाको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेपछि आफन्तहरु आक्रोसित बनेका छन् । उनिहरुले डाक्टरहरुकै लापरवाहीले भिमाको ज्यान गएको भन्दै निरन्तर आन्दोलन गरिरहेका छन् ।
भिमाको शव नबुझी घर फर्किए आफन्त
आफन्तहरुले भिमाको मृत्यु भएपछि क्षतीपुर्तीको माग गर्दै प्रदेश अस्पताल सुर्खेतमा आन्दोलन गरे । उनिहरुले सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा समेत आफुहरुलाई उचित क्षतीपुर्ती दिनुपर्ने र चिकित्सकहरुले लापरवाही गरेको आरोप लगाउँदै ज्ञापनपत्र बुझाए । तर आफुहरुको कुरा सुनुवाई नभएको भन्दै अहिलेसम्म पनि उनिहरुले शव बुझ्न मानेका छैनन् ।
“मेरो बुहारीको मृत्यु भएको आज ७ दिन भयो, सामान्य अवस्थामा थियो, बुहारीको कसरी मृत्यु भयो, भिका ससुरा धन बहादुर बलामी मगरले वीरेन्द्रनगरमा आज गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो,” मृत्युको जिम्मेवारी प्रदेश अस्पतालले लिनुपर्ने भन्दै अस्पतालले वास्था नगरेको उहाको भनाई छ ।
आफन्तहरु शव अस्पतालमै छाडेर घर फर्किएका छन् । हाम्रा मागको सुनुवाइमा जिम्मेवार नभएपछि छोरीको शव नबुझेर हामी दैलेख फर्किदै छौँ, भिमा बुवा गोविन्द बहादुर गुरुङ्गले भन्नुभयो ।
आमाको मृत्यु भएपछि ८ महिने दुधे नाबालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्य मध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेण्टी र घटनाको उच्च स्तरिय छानविन समिति गठनको माग राखेर आफन्तले आन्दोलन गरेका थिए ।
तर शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भिरतापूर्वक नलिएकाले शव नबुझेर घर फर्किएको गुरुङले बताउनुभयो ।
‘हाम्रो घरपरिवारको सदस्यको अकल्पनिय, अस्वभाविक एवम् असमाहिक मृत्यूका कारण पिंडामा छौँ, गुरुङले भन्नुभयो,” “गरिव परिवारका मानिस सुर्खेतजस्तो महँगो सहरमा बस्न र आन्दोलन गरिरहन नसक्ने अवस्था भएकाले मृतक भिमा गुरूङ्गको लाशलाई यहीँ प्रदेश अस्पतालमै छोडेर आफ्नो घर जान लागेको छौं ।”
आफन्तहरुले आफुहलाई क्षतीपुर्तीको मागसहित लापरवाही गर्ने डाक्टरलाई कारवाही हुनुपर्ने माग राखेका छन् ।
यता, प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले भिमाको मृत्यु हुनुमा डाक्टरहरुको कुनै लापरवाही नरहेको भन्दै १० हजारमा एकजनामा यस्तो घटना हुने बताउनुभएको छ ।
उहाल अस्पतालले कुनै क्षतीपुर्ती दिन नसक्ने भन्दै छानबिन समिति बनेको खण्डमा समितिलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाले छानबिन बनेर दोषी देखिए कारवाही गरिने बताउनुभयो ।
प्रदेश अस्पतालमा युवती मृत्यु प्रकरणः शव नबुझी घर फर्किए आफन्त
प्रदेश अस्पतालमा युवती मृत्यु प्रकरणः शव नबुझी घर फर्किए आफन्त

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु