सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुलाई यौन तथा प्रजनन् अधिकार सम्बन्धि प्रशिक्षक प्रशिक्षार्थी तालिम दिइएको छ ।
अपाङ्गता भएका व्यक्तीहरुको प्रजनन अधिकार सुनिश्चित हुनुपर्ने भन्दै गाउँ गाउँसम्म सचेतना फैलाउनको लागि वीरेन्द्रनगरमा ४ दिने तालिम दिइएको हो ।
तालिमबाट २० जना प्रशिक्षार्थी तयार गरिने आयोजक संस्था नेत्रहिन युवा संघ सुर्खेतले जनाएको छ ।
विशेषगरी शाररिक, वहिरा र दृष्ट्रिबिहिन सम्बन्धि अपाङ्गता भएका व्यक्तीहरु सहभागि रहेको तालिममा प्रजनन् अधिकार र अपाङ्गताको पहुँच लगायतका विषयमा प्रशिक्षण गरिएको नेत्रहिन युवा संघ नेपाल सुर्खेतका उपाध्यक्ष उत्तम विकले जानकारी दिनुभयो ।
तालिमबाट यौन तथा प्रजनन् अधिकार सम्बन्धि गाउँ गाउँमा प्रशिक्षण दिनेगरी प्रशिक्षकहरु तयार गरिएको भन्दै यसबाट प्रजनन अधिकारको बारेमा अपाङ्गता भएका व्यक्तीहरु जानकार हुने उहाले बताउनुभयो ।
वीरेन्द्रनगरमा चार दिनसम्म संचालन भएको तालिममा २५ जनाको सहभागिता रहेको थियो भने तालिमको मुख्य प्रशिक्षकको रुपमा पुष्पा जोशी र निलु महर्जन सहभागि हुनुभएको थियो ।
अपाङ्गता भएका व्यक्तीहरुलाई यौन तथा प्रजनन् अधिकार सम्बन्धि प्रशिक्षक प्रशिक्षार्थी तालिम
अपाङ्गता भएका व्यक्तीहरुलाई यौन तथा प्रजनन् अधिकार सम्बन्धि प्रशिक्षक प्रशिक्षार्थी तालिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
