सुर्खेत । अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले वराहाताल गाउँपालिका सुर्खेतलाई ८ बुँदे माग गरेका छन् ।
आदीबासी अपाङ्ग महिला अनुसन्धान र खोज केन्द्र, अपाङ्ग महिला समाज सुर्खेत तथा अपाङ्ग जनचेतना सेवा केन्द्र सुर्खेतले संयुक्त रुपमा विभिन्न ८ बुँदे माग राख्दै वराहाताल गाउँपालिकालाई आज मागपत्र बुझाएका हुन् ।
उनिहरुले सम्पूर्ण अपाङ्गता भएका व्यक्तीहरुको वास्तविक तथ्याङ्क संकलन गरिनुपर्ने, सम्पूर्ण अपाङ्गता भएका व्यक्तीहरुलाई सहज रुपमा परिचयपत्र वितरण गरिनुपर्ने माग गरिएको छ ।
त्यस्तै, अपाङ्गता भएका व्यक्तीहरुको तथ्याङ्क संकलन गर्दा अपाङ्गताको प्रकार, लैङ्गिकता, जातजातियताको खण्डित तथ्याङ्क संकलन गर्न माग गरिएको छ ।
यसैगरी, सम्पूर्ण अपाङ्गता भएका व्यक्तीहरुलाई आवश्यक पर्ने सहायता सामग्री उपलब्ध गराउनुपर्ने, अपाङ्गता भएका व्यक्तीहरुलाई लक्षित गरि यौन तथा प्रजनन् क्षमता सम्बन्धीका कार्यक्रम संचालन गर्न समेत माग गरिएको छ ।
सबै प्रकारका अपाङ्गता भएका व्यक्तीहरुलाई योग्यताका आधारमा स्वरोजगार तथा विभिन्न आयआर्जनमुलक कार्यक्रमहरु संचालन गर्नेगरी आगामी बर्षको नीति, कार्यक्रम र बजेटमा समेट्न माग गरिएको भन्दै आफुहरुले गरेका मागहरुको उचित सम्बोधन हुनेमा विश्वस्त रहेको अपाङ्ग महिला समाज सुर्खेतका अध्यक्ष तुलसी विसीले बताउनुभयो ।
मागपत्र बुझ्दै बराहाताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले आफुहरुले अपाङ्गताको क्षेत्रमा थुप्रै कामहरु गर्दै आएको बताउँदै आगामी बर्षको नीति कार्यक्रम र बजेटमा गरिएका मागहरुको सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाले बराहाताल गाउँपालिकामा अहिले अपाङ्गता भएका व्यक्तीहरुको तथ्याङ्क संकलन भइरहेको भन्दै त्यही तथ्याङ्कको आधारमा आगामी बर्षको नीति कार्यक्रम र बजेट निर्माण गरिने बताउनुभयो ।
अब अपाङ्गता भएका व्यक्तीहरुको लागि वितरणमुखि क्रियाकलापभन्दा पनि आत्मनिर्भरमुखी क्रियाकलाप संचालन गर्न आवश्यक रहेको भन्दै पालिकाका कार्यक्रमहरु पनि त्यसैगरी संचालन गरिने बताउनुभयो ।
उहाले पालिकामा बन्ने हरेक संरचना अपाङ्गतामैत्री बनाउनेगरी काम गरिने प्रतिवद्धता उहाको छ ।
अपाङ्गताका सवालहरुलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता
वराहाताल गाउँपालिकाका जनप्रतिनिधिहरुले अपाङ्गताका हरेक सवाललाई प्राथमिकता दिएर कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
युएनपिआरपिडी र युएन वमनको आर्थिक सहयोग, राष्ट्रिय आदीबासी जनजाती अपाङ्ग महिला संघ, नेपालको साझेदारी र बराहाताल गाउँपालिकाको समन्वय तथा अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रको अयोजनामा लैङ्गिक अपाङ्गता उत्तरदायी नीति कार्यक्रम र वजेट तथा योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएका बराहाताल गाउँपालिकाका जनप्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
वडा नम्बर १ का वडा अध्यक्ष बम बहादुर बडुवालले स्थानीय सरकार संचालनमा आएपछि आपाङ्गताको क्षेत्रमा सुधारात्मक कामहरु भइरहेको बताउनुभयो ।
उहाले आफु पनि अपाङ्गता भएको व्यक्ती रहेको बताउँदै यही व्यवस्थाले जनप्रतिनिधि हुन सकेको बताउनुभयो । वडाबाट हुने कार्यक्रमहरु अपाङ्गतामैत्री बनाउने गरिएको भन्दै आगामीदिनमा आत्मनिर्भरमुखी काम गरिनुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर ३ का अध्यक्ष शेर बहादुर पुनले पनि अपाङ्गता सम्बन्धीका क्रियाकलापहरु आत्मनिर्भरमुखी हुनुपर्ने भन्दै वडाबाट गरिने कार्यक्रम त्यही अनुसार संचालन भइरहेको बताउनुभयो ।
वडा नम्बर चारका अध्यक्ष वृश बहादुर सिजापती, वडा नम्बर ९ का अध्यक्ष युवराज पुलामी, वडा नम्बर पाँचका अध्यक्ष धिमराज जोल्मी लगायतले आफ्नो धाराणा राख्दै अपाङ्गता भएका व्यक्तीहरुको वास्तविक तथ्याङ्क ल्याएर त्यही अनुसारको नीति बनाउन आवश्यक रहेको औल्याएका छन् ।
कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
अपाङ्गताका सवाललाई प्राथमिकता दिएर काम गर्न माग
अपाङ्गताका सवाललाई प्राथमिकता दिएर काम गर्न माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
