सुर्खेत । कर्णालीमा लुकेर रहेका तथा खोज अनुसन्धान हुन नसकेको भाषा, साहित्य र संस्कृतिको विकास गर्न भोली सुर्खेतमा कर्णाली साहित्य महोत्सव सुरु हुदैंछ।
कर्णालीमा लेख्ने, पढ्ने संस्कृतिको विकास गर्न फ्युचर नेपालले कर्णाली रिडर्स सोसाइटीमार्फत साहित्य महोत्सव हुन लागेको हो।
सोसाइटीका अध्यक्ष डा। नवराज केसीले नेपाल भेषभूषा, रीतिरिवाज, भाषा र परम्पराको सामाजिक, ऐतिहासिक, सांस्कृति अध्ययनकालागि लेख्ने, पढ्ने संस्कृतिको विकास गर्न साहित्य महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो।
कर्णालीको भाषा, संस्कृति र साहित्यको विकास गर्न, कर्णालीका बारेमा विभिन्न विधामा लेखिएका पुस्तकहरुको खोजी, संकलन तथा प्रदर्शन गर्न, कर्णालीक सर्जक र लेखकहरुको पहिचान गरी उनीहरुको कृतिवारे चर्चा गर्नु महोत्सवको उदेश्य रहेको छ।
कर्णालीवारे लेखिएका ग्रन्थ, पुस्तक, अनुसधान प्रतिवेदन, पत्रपत्रिकालगायतका सामग्रीहरुको संकलन तथा प्रदर्शन गर्न र कर्णालीमा लेख्ने, प्रकाशन गर्ने तथा पढ्ने परिपाटीलाई प्रेरित गर्न कर्णाली साहित्य महोत्सवको मुख्य उद्देश्य रहेको उहाँले जनाउनु भयो।
महोत्सवमा कर्णालीवारे लेखिएका झण्डै छ सय पुस्तकहरुको प्रदर्शनी गरिनेछ भने नयाँ पुस्तकहरु पनि विमोचन गरिनेछ।
यस्तै कवितामा कर्णालीका छोरीहरुले मात्र कविता वाचन गर्नेछनभने खस गजल प्रस्तुत हुनेछ।
उहाँले पठन र नेतृत्व, भाषा, साहित्य र शिक्षा, किन पढ्ने भन्ने विषयमा पनि बहस हुने डा। केसीले बताउनुभयो।
यस्तै लेखक माधव चौंलागाईले कर्णालीको वारेमा लेखिएका धेरै पुस्तकहरुको खोजी भइरहेको र यसको संकलन गर्ने कार्यका साथै नयाँ पुस्तकहरु पनि बिमोचन गरिने बताउनुभयो।
अव प्रत्येक वर्ष वैशाखमा पर्ने विश्व पुस्तक दिवसको दिन साहित्य महोत्सवको आयोजना गरिने सोसाइटीले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा भोलीदेखि कर्णाली साहित्य महोत्सव सुरु हुदै
सुर्खेतको वीरेन्द्रनगरमा भोलीदेखि कर्णाली साहित्य महोत्सव सुरु हुदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
