काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्नुहुने भएको छ ।
दुई दिने राजकीय भ्रमणका लागि भोलि मंगलबार बेलुका नेपाल आउन लागेका कतारी राजा थानीलाई राष्ट्रपति पौडेल नै विमानस्थल पुगेर स्वागत गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई राष्ट्र प्रमुखबीच औपचारिक भेट भने शीतलनिवासमा हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम तय भएको छ ।
बुधबार प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
उहा बुधबार फर्कने कार्यतालिका छ।
कतारी राजाको स्वागतका लागि सरकारले भोलि सार्वजनिक बिदासमेत दिएको छ।
कतारका राजा भोली नेपाल आउँदै, सरकारले दियो सार्वजनिक बिदा
कतारका राजा भोली नेपाल आउँदै, सरकारले दियो सार्वजनिक बिदा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
