सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । त्यसका लागि उहाले आज प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको छ ।
प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले पर्सी १३ गते विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिनुभयो । तर सत्तारुढ दलभित्र भागबण्डाको कुरा नमिल्दा अहिलेसम्म सरकार विस्तार भने हुन सकिरहेको छैन ।
आज मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भागबण्डाको विषयमा छलफल भएपनि कुरा मिल्न सकेन ।
कर्णालीका मुख्यमन्त्रीले पर्सी १३ गते विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्रीले पर्सी १३ गते विश्वासको मत लिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
