सुर्खेत । सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ ।
राष्ट्रिय युवा परिषद्को सहयोगमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा बैशाख २७ र २८ गते वीरेन्द्रनगरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको हो ।
खोज अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले कर्णालीमा पहिलोपटक युवा वैैज्ञानिक सम्मेलन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
सम्मेलनमा सातवटै प्रदेशबाट युवा वैज्ञानिकहरुलाई सहभागिता गराइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख जहारलाल हमालले जानकारी दिनुभयो ।
“विज्ञानको क्षेत्रमा भएका अध्ययन अनुसन्धानहरुलाई एक ठाउँमा ल्याएर अध्ययन अनुसन्धानहरुलाई प्रोत्साहित गर्ने एउटा पाटो हो, उहाले भन्नु्भयो,” “अर्को भनेको युवा वैज्ञानिहरुलाई एक ठाउँमा भेला गराएर अनुभव आदानप्रदान गरी उनिहरुका अध्ययन अनुसन्धानहरुलाई अझै फराकिलो बनाउँदै विज्ञानको क्षेत्रमा चासो बढाउनु कार्यक्रमको उद्देश्य हो ।”
सम्मेलनमा सहभागि हुन चाहाने १६ देखि ४० बर्ष समुहका बैज्ञानिहरुले बैज्ञानिक खोज, अनुसन्धान, सर्वेक्षणहरु आफ्नो वायोडाटासहित पठाउन आग्रह गरेको छ ।
प्राप्त निवेदन अध्ययन गरी युवा बैज्ञानिकहरुलाई सम्मेलनमा सहभागि गराइने हमालले बताउनुभयो ।
यो सम्मेलनले युवा बैज्ञानिकहरुलाई खोज अनुसन्धानमा लाग्नको लागि अझै प्रेरित गर्ने मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सुदिप ठकुरीले बताउनुभयो । “कर्णालीमा राष्ट्रिय स्तरको पहिलो पटक युवा वैज्ञानिक सम्मेलन हुँदै छ, यसले हाम्रा विज्ञान क्षेत्रका विद्यार्थीहरुलाई खोज अनुसन्धान गर्नको लागि प्रेरित गर्ने अपेक्षा छ, उहाले भन्नुभयो ।”
सम्मेलनले विज्ञान क्षेत्रलाई अझै सघाउ पुग्ने भन्दै सबै युवा बैज्ञानिकहरुलाई सहभागिता जनाउन उहाले आग्रह गर्नुभयो ।
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
