सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले संसदबाट विश्वासको मत माग्नुभएको छ ।
आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै कँडेलले प्रश्न नउठ्ने गरी काम गर्ने दाबी गर्दै आफुलाई संसदमा विश्वास छ भनी प्रमाणित गर्न आग्रह गर्नुभएको हो ।
उहाले भन्नुभयो, मेरो प्रतिबद्धता भनेको कर्णालीलाई समृद्धिको बाटोमा लैजाने नै हो । कर्णालीको विकास, समृद्धिको यात्राको सम्बन्धमा विगत छ वर्षदेखि अहिले पनि तपाईँहरु सँगसँगै मिलेर काम गरिरहेको हुनाले तपाईँहरूको भरोसा बमोजिम काम गर्न थप हौसलाका लागि सबै माननीयले विश्वास गर्नुहुने छ ।’
यता, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्मा बोल्दै विश्वासको मत नदिने बताउनुभयो ।
मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि आफूहरूसँग पनि मत मागे पनि कांग्रेसले विश्वासको मत नदिने बताउनुभयो ।
‘मुख्यमन्त्रीलाई अहिले नै विश्वासको मत दिने उपयुक्त समय नभएको भन्दै आफुहरुले विश्वासको मत नदिने उहाको भनाई छ ।
