सुर्खेत । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै सत्य सुचनाहरु सम्प्रेसन गर्नुुपर्नेमा जोड दिइएको छ ।
नेपाल प्रेस काउन्सिलले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकारितामा युट्युव र आचारसहिंता विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो जोड दिइएको हो ।
कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेतले पछिल्लो समय पत्रकारिता क्षेत्र केही चुनौती थपिएको भन्दै न्यु मिडियाहरुबाट दिइने सुचनाहरुबाट भ्रामक सन्देशहरु गइरहेको बताउनुभयो ।
संचारमाध्यमबाट सहि, निश्पक्ष र मर्यादित सुचनाहरु सम्प्रेषण गर्न आग्रह गर्दै उहाले न्यु मिडियाका प्लेट फर्महरुको सदपयोग गर्न आग्रह गर्नुभयो ।
उहाले भन्नुभयो, प्रविधिले जुन खालको प्लेट फर्म आएका छन त्यसले पत्रकारिता संकटमा जान थालेको छ, न्यु मिडियाका प्लेट फर्मलाई सदुपयोग गर्दै जानुपर्ने होनी तर दुरुपयोग भइरहेको छ । उहाले थप्नुभयो, “सामाजिक संजाल चलाउदा पनि ख्याल गरौँ । पत्रकारिता ठट्टाको विषय होर ?
अध्यक्ष वस्नेतले भ्युजका नाममा विशेषगरी युट्युव मिडियाहरुमा गलत र भ्रामक सन्देशहरु दिने गरिएको भन्दै त्यस्ता कार्य बन्द गराउन काउन्सिलले विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।
पत्रकार आचारसहिंता विपरित हुनेगरी समाचारहरु राख्न नहुने भन्दै त्यसो गर्दा पत्रकारिता क्षेत्र नै अविश्वस्नीय हुने बताउनुभयो ।
उहाले अहिले व्यवसायिक रुपमा सञ्चार माध्यमहरु संक्रमणकालिन अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै काउन्सिलका सल्लाहाकार ठाकुर प्रसाद बेलवासेले प्रत्येक पत्रकारहरु मालिक भएको देश नेपाल मात्रै रहेको उल्लेख गर्दै पत्रकारले पहिले आफुलाई चिन्नुपर्ने बताउनुभयो ।
जुनसुकै माध्यमबाट भएपनि हिंसा, आतंक , अश्लील र अपराधलाई प्रशय दिने खालका सन्देश पत्रकारहरुले गर्न नुहुनेमा जोड दिइएको छ ।
काउन्सिलमा यो बर्ष पत्रकार आचारसहिंता विपरित गरेको भन्दै दुइसय ५८ वटा उजुरीहरु परेको बताइएको छ ।
कार्यक्रम मार्फत सुर्खेतका पत्रकारहरुले प्रेस काउन्सिलको नियमन अब सामाजिक सञ्जालमा समेत हुनुपर्नेमा जोड दिएका छन् ।
पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आग्रह
पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
