सुर्खेत । कर्णाली प्रदेशमा बार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यन्न अपुग हुने गरेको पाइएको छ ।
कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा बार्षिक रुपमा २३ हजार ४ सय ३४ मेट्रिक टन खाद्यन्न अपुग हुने गरेको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ जना रहेको छ । यो संख्यालाई आधार मान्दा कर्णालीमा बार्षिक एकजनालाई दुइ सय १ किलो खाद्यन्न आवश्यक पर्दछ । कर्णालीमा अहिले बार्षिक उत्पादन ३ लाख २० हजार ८ सय ९० मेट्रिक टन खाद्यन्न उत्पादन हुने गरेको छ ।
कर्णालीलाई पूर्ण रुपमा खाद्यन्नमा आत्मनिर्भर हुनको लागि ३ लाख ४४ हजार ३ सय २४ मेट्रिक टन खाद्यन्न आवश्यक पर्ने कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलक प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
जिल्लागत रुपमा सल्यान, दैलेख र सुर्खेत मात्रै खाद्यन्नमा आत्मनिर्भर छन भने अन्य ७ जिल्लालाई आफ्नै उत्पादनले बर्षभर धान्न नसकेको पाण्डेले बताउनुभयो ।
९१ हजार ३३ मेट्रिक टन खाद्यन्न उत्पादन हुँने सुर्खेत खाद्यन्नमा आत्मनिर्भर छ । सुर्खेतमा ४ हजार ८ सय ६७ मेट्रिक टन मौज्दात रहने गरेको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी खाद्यन्नमा आत्मनिर्भर जिल्ला सल्यान हो । सल्यानमा बार्षिक ४७ हजार ७ सय ८८ मेट्रिक टन खाद्यन्न आवश्यक पर्ने भएपनि ५२ हजार ३ सय ७४ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
पाण्डेका अनुसार दैलेखमा पनि बार्षिक ५६ हजार ८ सय १२ मेट्रिक टन उत्पादन हुँन्छ । जबकी दैलेखलाई ५० हजार ३ सय ६१ मेट्रिक टन खाद्यन्न आवश्यक पर्ने गरेको छ ।
अन्य सात जिल्ला भने खाद्यन्नमा आत्मनिर्भर हुन सकेका छैनन । अहिले पनि डोल्पामा बार्षिक ५ हजार ९९ मेट्रिक टन खाद्यन्न अपुग छ ।
यस्तै, हुम्लामा ८ हजार पाँच सय ६५, मुगुमा ६ हजार ४ सय ३९, जुम्लामा तिन हजार पाँच मेट्रिक टन खाद्यन्न बार्षिक रुपमा अपुग हुने गरेको छ ।
त्यसैगरी, सबैभन्दा धेरै कालिकोटमा १० हजार ३ सय १७ मेट्रिक टन बार्षिक रुपमा खाद्यन्न अपुग हुँदा रुकुम पश्चिममा एक हजार ६ सय १५ र जाजरकोटमा ४ हजार २ सय ९९ सय मेट्रिक टन खाद्यन्न बार्षिक रुपमा अपुग हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्कमा छ ।
यस वर्ष हावाहुरीको कारण मकै बालीमा र केही जिल्लाको धानबालीमा क्षती भएको तथा भुकम्पको कारण भण्डारण भएको खाद्यान्न क्षतीका भएका कारण खाद्यान्न बचतमा कमी देखिएको निर्देशनालयले जनाएको छ ।
कृषिमा आत्मनिर्भर बनाउनेगरी काम गरेका छौः निर्देशक रोकाय
कृषि विकास निर्देशानालय कर्णाली प्रदेशका निर्देशक चित्र बहादुर रोकायले प्रदेशलाई नै खाद्यन्नमा आत्मनिर्भर बनाउनको लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिनुभएको छ ।
निर्देशानालयले गरेका प्रगतिको बारेमा जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक रोकायले सुर्खेतमा मात्रै उत्पादन पकेट क्षेत्र तोकेर त्यही अनुसारको व्यवसायमा लाग्न प्रेरित गरिएको बताउनुभयो ।
पकेट विकास कार्यक्रम अन्तरगत आलु, तरकारी, अदुवा वेसार, मौरी, च्याउ खेती प्रवद्र्धन कार्यक्रमहरु संचालन गरिएको भन्दै तरकारी, बदाम, मकै, धान खेतीलाई प्रोत्साहन गरिएको बताउनुभयो ।
३७२ वटा कृषि सिंचाई निर्माण गरि ५ हजार ५ सय ८० हेक्टर सिंचाई पुगेको भन्दै उहाले त्यसबाट करिब ७ जार ६ सय जनाले आंसिक रोजगारी पाएको बताउनुभयो ।
निर्देशनालयले २८ वटा कृषि सडक निर्माण गरेको भन्दै उहाले दलित अति विपन्न तथा लक्षित वर्ग विशेष कृषि तथा आयआर्जनमुलक कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
उत्पादनमा जोड र बजारिकरणको ग्यारेन्टी गर्नेगरी आफुहरुले काम गरेको उहाको भनाई छ ।
वीरेन्द्रनगर र गुर्भाकोट नगरपालिकामा कोल्डस्टोर निर्माण गरी संचालनमा ल्याइएको उहाको भनाई छ ।
कृषकहरुलाई उत्पादनमा जोड्नको लागि व्याज अनुदान कार्यक्रममा कृषकहरुलाई जोडिएको उहाको भनाई छ ।
अब कृषिमा यान्त्रिकरण र आधुनिकीकरण गर्नेगरी आगामी योजना बनाउने र कृषिमा बजेट पनि बढाउनुपर्ने उहाको भनाई छ ।
तथ्याङ्कअनुसार कर्णालीका पालिकाहरुले कृषिमा बार्षिक एक प्रतिश मात्रै वजेट विनियोजन गर्ने गरेको छन् । पालिकाहरुले पनि कृषि क्षेत्रमा वजेट बढाउनुपर्ने सुझाव दिइएको छ ।–––
कर्णालीमा बार्षिक २३ हजार मेट्रिक टन खाद्यन्न अपुग
कर्णालीमा बार्षिक २३ हजार मेट्रिक टन खाद्यन्न अपुग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
