सुर्खेत । आफ्नो पहिचानसहित नागरिकता पाउनुपर्र्ने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तीहरुले माग गरेका छन् ।
निलहिरा समाजले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका उनिहरुले यस्तो माग गरेका हुन् ।
उनिहरुले संविधानले स्पष्ट व्यवस्था गरेपनि राज्यले आफुहरुको पहिचान खुल्नेगरी नागरिकता दिन नसकेको भन्दै नागरिकताको सवालमा आफुहरु विभेदमा परेको बताएका हुन् ।
कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै निलहिरा समाजका डकुमेन्टेसन अफिसर भक्ती शाहले आफ्नो पहिचान खुल्नेगरी नागरिकता लिन आफुहरुले धेरै प्रक्रिया पुरा गर्नुपरेको बताउनुभयो । “आफ्नो पहिचान खुलाउन पनि सर्जरी गर्नुपर्ने, त्यसमा ठुलो रकम लाग्छ, त्यो काम पनि नेपालमा हुँदैन । अनि अस्पतालको प्रमाणित चाहिने, अस्पतालले दिएको प्रमाण लिएर वडा कार्यालयमा सिफारिस लिन जानुपर्ने ठुलो अनि मात्रै झन्जट छ, उहाले भन्नुभयो,”
आफुहरुलाई पहिचानसहित जिउन सक्नेगरी वातावरण तयार गर्न माग गर्दै तिन तहकै सरकारले यसमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको कानुनले समलिङ्गि विवाहलाई कानुनी मान्यता दिएपनि त्यस्तो बिवाह अस्थायी दर्ता हुने गरेको भन्दै यसमा पनि संशोधन आवश्यक रहेको उहाको भनाई छ ।
यता, वीरेन्द्रनगरका जनप्रतिनिधिहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सन्दर्भमा अहिलेपनि बुझाई कमजोर रहेको भन्दै यसले विभेदलाई प्रशय दिएको बताएका छन् ।
विभेद कम गर्न र उनिहरुको पहिचानसहित खुल्ला रुपमा हिडडुल गर्न पाउने वातावरण निर्माणको लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको औँल्याएका छन् ।
वीरेन्द्रनगर १ का वडा अध्यक्ष दिनेश खत्रीले संविधान र ऐन कानुनमा भएका जटिलतालाई हटाएर सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तीहरुलाई समाजले हेर्ने दृष्ट्रिकोणमा परिवर्तन गर्नुपर्ने भन्दै आगामी बर्षदेखि वडाको वजेटमा उनिहरुलाई समेट्ने प्रतिवद्धता जनाउनुभयो ।
वीरेन्द्रनगर ८ नम्बर वडा अध्यक्ष टिकाराम शर्माले पनि सबै समुदायलाई समान सहभागिताको परिकल्पना संविधानले गरेको भन्दै यसको कार्यान्वयनमा जोड दिनुभयो ।
उहाले आफ्नो वडामा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तीहरु रहेको बताउदै उनिहरुलाई समेट्न केही कार्यक्रम यो बर्ष पनि राखिएको बताउनुभयो ।
आगामी बर्षबाट यो समुदायको अधिकारका लागि विभिन्न सचेतनाका कार्यक्रम संचालन गरिने उहाको प्रतिवद्धता छ ।
कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तीहरुको सहभागिता रहेको थियो ।
पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको माग
पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
