सुर्खेत । कृषि उत्पादन भण्डारणको लागि कर्णाली प्रदेश सरकारले सुर्खेतका विभिन्न ठाउँहरुमा चिस्यान घरहरु निर्माण गरी संचालनमा ल्याएको छ । सुर्खेतमा तिन स्थानी तहमा पाँच वटा चिस्यान केन्द्र निर्माण गरी संचालनमा ल्याएको हो ।
यसअघि ३ वटा चिस्यान केन्द्र रहेको सुर्खेतमा पछिल्लो समय थप दुइवटा चिस्यान केन्द्र संचालनमा आएसँगै चिस्यान केन्द्रको संख्या पाँच पुगेको हो ।
सुर्खेतका तिन पालिका गुर्भाकोट, भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगरमा स्थापना गरिएका यी चिस्यान केन्द्रहरु दुइ हजार पाँचसय मेट्रिक टनसम्म तरकारी तथा फलफुल राख्न सक्ने क्षमताका रहेको प्रदेश सरकार कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायले अदुवा, प्याज सुन्तला ड्रागन फ्रुट राख्न मिल्नेगरी चिस्यान केन्द्रहरु निर्माण गरी संचालन शुरु गरिएको जानकारी दिनुभयो । तर प्रत्येक चिस्यान केन्द्र पाँच सय मेट्रिक टनसम्म क्षमताका रहेको भन्दै विद्युतको लो भोल्टेजका कारण संचालनमा भने कठिनाई भइरहेको रोकायको भनाई छ ।
किसानले उत्पादन गरेको कृषि वस्तुलाई लामो समय राख्न तथा खेर जान नदिन हामीले कोल्ड स्टोरहरु निर्माण गर्यौ, निर्देशक रोकायले भन्नुभयो, विद्युतको लो भोल्टेजका कारण संचालनमा कठिनाई छ ।
सहज रुपमा संचालन गर्न सकियो भने किसानहरुलाई बजारिकरणसँगै खेर जाने समस्या कम हुने अपेक्षा रहेको बताउनुभयो ।
यसैबिच, आलुको बिऊ भण्डारणको लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र वराहाताल गाउँपालिकामा पाँच सय मेट्रिक टन क्षमताका पाँच वटा रष्टिक स्टोर संचालनमा ल्याइएको निर्देशनालयले जनाएको छ ।
यसैगरी गुर्भाकोट र लेकवेशी नगरपालिकामामा दुइ सय मेट्रिक टन क्षमताका दुइवटा बिऊ भण्डार केन्द्र स्थापना गरिएको निर्देशनालयका कृषि प्रसार अधिकृत तिलक प्रसाद पाण्डेको भनाई छ ।
उहाका अनुसार भण्डारण केन्द्रमा धान, मकै, गहुँ र तरकारीको बिऊ भण्डारण गर्ने गरिएको छ भने सुर्खेतमा पाँच वटा संकलन केन्द्रहरु रहेका छन् ।
सुर्खेतमा पाँच वटा कोल्ड स्टोर निर्माण, लो भोल्टेजका कारण संचालनमा कठिनाई
सुर्खेतमा पाँच वटा कोल्ड स्टोर निर्माण, लो भोल्टेजका कारण संचालनमा कठिनाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

