सुर्खेत । उपभोक्ताहरुको स्वास्थ्यमा ध्यानमा राख्दै बजार अनुगमनलाई तिव्र बनाइएको सुर्खेतमा म्याद गुज्रेका करिब ४० हजारको सामान एकमुष्ट नष्ट गरिएको छ ।
सुर्खेतका विभिन्न स्थानको बजार अनुगमनको क्रममा जफत गरि ल्याइएका म्याद गुज्रेका ४० हजार बराबरका सामानहरुको विभिन्न नीकायको रोहवरमा उपभोक्ता हित संरक्षण निर्देशनालयले आज आइनबार नष्ट गरेको हो ।
गत भदौदेखि चैत मसान्तसम्म अनुगमनको क्रममा सुर्खेतका विभिन्न बजारमा भेटिएका म्याद गुज्रेका सामानहरु नष्ट गरिएको उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुगमन शाखा प्रमुख एवम प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्टले जानकारी दिनुभयो ।
उहाका अनुसार यी सामानहरु जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा पत्रकार महासंघ सुर्खेत लगायतको रोहवरमा खाल्डो खनि गाडिएको हो ।
नष्ट गरिएका सामानहरुमा अखाद्य रङ, दालमोठ, चाउचाउ, काजु, किसमिस, बेसार, मिल्क स्टिक लगायत ४५ प्रकारका म्याद गुज्रेका सामानहरु रहेको जनाइएको छ ।
पछिल्लो समय सुर्खेतका विभिन्न बजारहरुमा बजार अनुगमनलाई तिव्रता दिइएको र उपभोक्ताहरुमा पनि चेतना बढेको उपभोक्ता हित निर्देशनालयका निमित्त निर्देशक माधव प्रसाद न्यौपानेले बताउनुभयो ।
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै संयुक्त र एकल रुपमा समेत बजार अनुगमन गरिँदै आएको भन्दै अहिले उपभोक्तासँगै व्यवसायिहरुमा चेतनाको स्तर वृद्धि भएको बताउनुभयो ।
म्याद गुज्रेका करिब ४० हजारको सामान एकमुष्ट नष्ट
म्याद गुज्रेका करिब ४० हजारको सामान एकमुष्ट नष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
