सुर्खेत । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशनले एउटा पनि विद्येयक पारित नगरि अन्त्य भएको छ
हिउँदे अधिवेशनको रुपमा रहेको यो अधिवेशलाई विद्येयक पारित गर्ने अधिवेशनका रुपमा लिइएपनि विजनेशबिहिन भएर अन्त्य गरिएको हो ।
आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।
तेस्रो अधिवेशनमा ११ वटा बैठक बसेका छन् भने तेस्रो अधिवेशनको पहिलो बैठक फागुन ३० गते सुरु भएको थियो ।
यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनुभयो भने प्रदेश खेलकुद विकास ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधीन अवस्थामा रहेका छन् ।
साथै फागुन १५ गते कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमा दर्ता भएको छ ।
प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको थियो । प्रदेश प्रमुख परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सभामुख नन्दा गुरुङले उक्त पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्य घोषणा भएको जानकारी गराउनुभयो ।
एउटा पनि विद्येयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
एउटा पनि विद्येयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
