सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ गराउनुभएको हो ।
शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् ।
यस्तै राज्यमन्त्री गोपता विकले पनि शपथ लिनुभएको छ । कृषि मन्त्रीमा नियुक्त भएुका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित हुनुभएन । उहाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नदिएको भन्दै सपथ ग्रहण वहिस्कार गर्नुभएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्री भने मुख्यमन्त्री कँडेल आफैले राख्नुभएको छ । आठ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमती भएको हो ।
