सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पर्सीदेखि दुइदिने औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता हुने भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको आयोजनामा पर्सी २० गतेदेखि २२ गतेसम्म औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता हुने भएको हो ।
कर्णाली प्रदेश सरकारद्वारा पहिलो पटक आयोजना गर्न लागिएको औद्योगिक प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्यमीहरुलाई प्रोत्साहन हुने बताइएको छ ।
‘स्थानिय कच्चा पदार्थ, स्वदेशी उत्पादन तथा रोजगारीको अभिवृद्धी’ भन्ने नाराका साथ पहिलो पटक सुर्खेतमा ‘औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता २०८१’ हुन लागेको हो ।
उद्योगहरुलाई बजारिकरणको सहयोग प्रदान गर्दै स्थानीय उत्पादन, कच्चा पदार्थ, पराम्परागत प्रविधी आदीको प्रवर्द्धन गर्न औद्योगिक प्रदर्शनी गर्न लागिएको हो ।
कर्णाली प्रदेशका सबै उद्योग तथा उपभोक्ता हित संरक्षण, निर्देशनालय÷कार्यालयहरुमा कार्यक्रम सञ्चालन गर्न लागिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतका कार्यालय प्रमुख मुकुन्दनाथ योगीले जानकारी दिनुभयो ।
कार्यक्रममा सरकारी निकाय, गैह्र सरकारी निकाय, सरोकारवाला निकाय, सहकारी संस्था, सञ्चार माध्ययम तथा आम सर्वसाधरण सहभागि हुन पाउने उहाँको भनाई छ ।
उहाका अनुसार प्रदर्शनीको लागि सहभागी उद्योग एवम् उत्पादनलाई अवलोकनकर्ताहरुले छनौट गर्नेछन् भने छनौट भएका मध्ये उत्कृष्ट तीनलाई ४० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र समेत उपलब्ध गराइनेछ ।
कार्यक्रममा स्थानीय कच्चा पदार्थ, उत्पादन, उद्योग, प्रविधी तथा जनसाधनको प्रवद्र्धन गर्ने, विषयगत क्षेत्रका विभिन्न शैक्षिक संस्थाहरुलाई कार्याशाला, प्रदर्शनी, अन्तरक्रिया गरिने उहाले जानकारी दिनुभयो ।
यस्तै सरोकारवाला क्षेत्रहरुबीच समन्वय, सहकार्य एवम् सम्बन्ध विस्तार गर्ने, कर्णालीको मौलिकतामा आधारित कला संस्कृतीको प्रवर्द्धन र बजारिकरणमा आधारित उद्योग प्रवर्द्धनको अभ्यासमा विकास गर्ने बताइएको छ ।
सुर्खेत वीरेन्द्रनगरमा तिनदिने औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता हुने
सुर्खेत वीरेन्द्रनगरमा तिनदिने औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
