सुर्खेत । सुर्खेतका एक सय ३५ ठाउँमा आगलागी भइरहेको छ ।
डिभिजन वन कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार सुर्खेतमा आज मात्रै सुर्खेत जिल्लाभर एक सय ३५ ठाउँमा आगलागी भएको हो ।
सुर्खेतका ६ वटा पालिकाका एकसय ३५ ठाउँको १३ हजार हेक्टर क्षेत्रफल जंगलमा आगलागी भएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
डढेलो लागेका वन क्षेत्रमा अहिले पनि आगो नियन्त्रण नभएकाले त्यस क्षेत्रमा नजान उहाले सर्वसाधरणहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
डढेलोबाट सुर्खेतमा करोडौँको क्षती भएको अनुमान गरिएको भन्दै जनधनको के कती क्षती भएको छ विवरणहरु संकलन भइरहेको उहाले बताउनुभयो ।
वन डढेलो हुन नदिन सचेतनाका क्रियाकलापहरु संचालन गरिएको भन्दै उहाले वन डढेलो भइहाले सुरक्षाकर्मी र सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा नियन्त्रणमा लिने काम गर्ने गरिएको बताउनुभयो ।
उहाले अधिकांस आगलागीका घटना मानिसहरुका कारण हुने गरेको भन्दै आगलागीमा सङ्लग्न हुने जो कोहीलाई पनि वन ऐन अनुसार कारवाही हुने व्यवस्था रहेको बताउनुभयो ।
सुर्खेतका एक सय ३५ ठाउँमा आगलागी
सुर्खेतका एक सय ३५ ठाउँमा आगलागी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
