सुर्खेत । विकासमा ढिलाई तथा अपाङ्गता भएका बालबालिकाका अविभावकहरुलाई हेरचाह सीप परिक्षण तालिम सुर्खेतमा शुरु भएको छ ।
युएसएआइडीको सहयोग एनएफडीएन र राष्ट्रि अपाङ्ग महासंघको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा हेरचाह सम्बन्धि तालिम दिन थालिएको हो ।
विशेषगरी तालिममा विकासमा ढिलाई÷ अपाङ्गता भएका बालबालिकाहरुलाई कसरी हेरचाह गर्ने, उनिहरुको वृद्धि विकासमा के कसरी स्याहार गर्ने लगायतका विषयमा अविभावकहरुलाई जानकारी दिइने राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका जितलाल ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार विकासमा ढिलाई÷ अपाङ्गता भएका बालबालिकाहरुका अविभावकहरुलाई प्लेटफर्म निर्माण गर्ने उद्देश्य रहेको छ ।
यसका साथै तालिमले विकासमा ढिलाई÷ अपाङ्गता भएका बालबालिकाहरुको विकास, सञ्चार र व्यवहार प्रवद्र्धन गर्न सीप प्रदान गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।
तालिमको उद्घाटन समारोहमा बोल्दै वीरेन्द्रनगर नगरपालिका महिला बालकालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख एवम अपाङ्गता समन्वय समिति प्रमुख सरला रेग्मीले यस्ता तालिमले विकासमा ढिलाई भएका बालबालिकाहरुलाई स्याहार गर्न सहज हुने बताउनुभयो ।
समाजिक विकास मन्त्रालय स्वास्थय महाशाखा नर्सिङ अधिकृत कल्पना खत्रीले पनि विकासमा ढिलाई भएका बालबालिकाहरुलाई स्याहारमा सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो
तालिमको उद्घाटन समारोहमा राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
तालिम वीरेन्द्रनगर नगरपालिको सरस्वती प्रावीमा प्रत्येक हप्ताको शनिबार संचालन हुने बताइएको छ । ९ हप्तासम्म संचालन हुने तालिममा १८ जना अविभावकहरुको सहभागिता रहेको छ ।
अविभावकहरुलाई हेरचाह सीप परिक्षण तालिम
अविभावकहरुलाई हेरचाह सीप परिक्षण तालिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
