सुर्खेत । प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जित्नुभएको छ । शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.९५ किलोमिटर दुरी पार गरी उपाधि जित्नुभएको हो ।
त्यसैगरी एपीएफकी पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम हुनुभएको हो । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरी दोस्रो र तेस्रो हुनुभयो । त्यस्तै महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे १ घण्टा ३२ मिनेट ४३ सेकेन्ड तथा जुम्लाकी राज्य रावलले १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पुरा गरी दोस्रो र तेस्रो हुनुभयो ।
शीर्ष तीन खेलाडीलाई क्रमशः जनही ५५ हजार, ३० हजार र २० हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत हुनुभयो । हाफ म्याराथन ४५ वर्ष माथि उमेर समूहमा काठमाडौँका धर्म महर्जन एक घण्टा २२ मिनेट, काठमाडौँकै रेवत दाहाल १ घण्टा २५ मिनेट ७ सेकेन्ड र बुटवलका गंगाबहादुर पुनले १ घण्टा ४८ मिनेट २ सेकेन्डमा दुरी पुरा गरी पहिलो, दोस्रो र तेस्रो भए । शीर्ष तीन जलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरियो ।
विद्यालयस्तरीय पाँच किलोमिटर छात्रतर्फ सुर्खेतका अजय विक, सुर्खेतकै रमेश बुढा र मुगुका नमराज बानियाँ तथा छात्रातर्फ सुर्खेतका विमला कार्की, सुर्खेतकै पूर्णिमा बुढाक्षेत्री र कालिकोटकी लक्ष्मी शाही क्रमशः पहिलो दोस्रो र तेस्रो भए ।
विद्यालय स्तरीय दौडका शीर्ष तीनलाई जनही दश हजार, सात हजार र पाँच हजार नगदले पुरस्कृत गरियो । पाँच किलोमिटर दौडमा एसओएस हर्मन माइनर विद्यालयका साढे आठ वर्षका बालक प्रेम बस्नेतले समेत दौड पुरा गर्नुभएको थियो । उहालाई आयोजकले दुई हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वामित्र सन्ज्याल, वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, विश्व कीर्तिमानधी धावक हरिबहादुर रोकाय, डा नवराज केसी, कर्मचारी युनियनका अध्यक्ष बस्नेत लगायतले पुरस्कार वितरण गर्नुभएको हो।
कर्णाली हाफ म्याराथनको उपाधि सेनाका नरेन्द्र र एपीएफकी पुष्पालाई
कर्णाली हाफ म्याराथनको उपाधि सेनाका नरेन्द्र र एपीएफकी पुष्पालाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु