सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाउनु भएको छ।
कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबिच साझा धारणा बनाउने भन्दै उहाँले जेठ ४ गते सर्वदलीय बैठक बोलाउनु भएको हो।
समृद्धि र विकास सबैको साझा सरोकारको विषय भएकाले सबै राजनीतिक दलहरूबिचको साझा सहमति खोज्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको उहाँको भनार्इ छ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र ससदिय दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताकालागि आमन्त्रण गरिएको हो।
प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ।
यसैबिच मुख्यमन्त्री कँडेलले कर्णालीको विकासलाई माग र आकांक्षा भन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाएर काम गर्ने बताउनु भएको छ ।
वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै मुख्य मन्त्री कँडेलले स्रोतसाधनको सिमितता बुझ्नुपर्ने बताउनु भयो।
मुख्यमन्त्री कँडेलले प्रदेशको औकात, क्षमता र आवश्यकता अनुसार योजना बनाउने उल्लेख गर्नुभएको छ ।
खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने उहाँको भनार्इ छ ।
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समयमै सम्पन्न गर्न दबाब स्वरुप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताउनु भयो।
सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानकालागि यो सुनौलो समय भएको बताउनु भयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रूपमा पनि यसलाई लिइएको उहाँले दाबी गर्नुभएको छ ।
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा सर्वदलीय बैठक आव्हान
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा सर्वदलीय बैठक आव्हान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
