सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले बार्षिक स्वीकृत कार्यक्रम अनुसार तीन दिने स्वास्थ्य प्रवद्र्धन कार्यक्रम आजदेखि संचालन गरेको छ।
मानसिक स्वास्थ्य, नगर्ने रोग, योग, ध्यान र सकारात्मक व्यवहारसम्वन्धी अभिमुखीकरण प्रदान गरिनेछ।
केन्द्रका डा। खेमराज तिमिल्सेनाले स्वास्थ्य प्रवद्र्धन कार्यक्रममार्फत जीवन रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्य रहेको बताउनुभयो।
उहाँले पछिल्लो समय निष्क्रिय जीवन, अस्वाभाविक आहारविहार, चिन्ताले स्वास्थ्य अवस्था नै परिवर्तन भएको भन्दै त्यसबाट छुटकारा पाउनका लागि योग, ध्यानजस्ताको आवश्यक पर्दै गएको जनाउनुभयो।
पर्सीसम्म संचालन हुने कार्यक्रममा केन्द्रका निमित्त प्रमुख डा। शंकर रिजाल, योग प्रशिक्षक विनोद घिमिरे, डा। विहानी सञ्ज्याललगायतले प्रशिक्षण दिनुहुनेछ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेय, प्रदेश लोक सेवा आयोगका उपसचिव पदम लामिछाने, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव कृष्णप्रसाद खरेललगायतको सहभागिता रहेको छ।
तनाव व्यवस्थापनलगायत विविध पक्षमा सहभागीहरुलाई जानकारी गराइने केन्द्रका कविराज निरीक्षक पुष्पा आचार्यले बताउनु भयो।
तीन दिने स्वास्थ्य प्रवद्र्धन सम्बन्धि कार्यक्रम आजदेखि संचालन
तीन दिने स्वास्थ्य प्रवद्र्धन सम्बन्धि कार्यक्रम आजदेखि संचालन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु